राप्ती साेनारीमा कांग्रेस

नेपालगन्जन्यूज । बाँकेकाे राप्ती साेनारी गाउँपालिकामा कांग्रेसले विजय हासिल गरेकाे छ । कांग्रेसका लाहुराम चाैधरीले ८ हजार २ सय ३६ मत प्राप्त गरी प्रमुख पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिदन्दि एमालेका तुल्सीराम थारूले ६ हजार ९ सय मत प्राप्त गरेका छन् ।

यसैगरी उप प्रमुखमा कांग्रेस कै  धनीकुमारी खत्रीले ८ हजार २०३ मत प्राप्त गरी विजय भएका हुन् । एमालेका चमेली बागबलले ६ हजार ९२४ मत प्राप्त गरेकी छन् ।

९ वडा रहेकाे राप्ती साेनारी कांग्रेसले वडा नं. १,३,४,८ र ९ गरी ५ वडा,  माओवादी केन्द्रले ५,६ र ७ गरी ३ वडा तथा एमालेले वडा नं. २ मा विजय प्राप्त गरेको निर्वाचन अधिकृत माधव शर्माले नेपालगन्जन्यूजलार्इ जानकारी दिए ।

बाँकेका ८ स्थानीय तह मध्ये नरैनापुरमा संघिय समाजवादी फाेरमले र डुडुवामा कांग्रेसले विजय हासिल गरिसकेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया