नेपालगन्ज : धवलले ५ हजार कटाए

नेपालगन्जन्यूज । नेपालगन्ज उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । अहिले वडा नं.२० र २१ को मतगणना हुदैछ ।
प्राप्त पछिल्लो जानकारी अनुसार, राप्रपाका तर्फबाट मेयरका उम्मेदवार धवल शमशेर राणाले ५१६५ मत प्राप्त गरेका छन् ।
कांग्रेसका डा. सुरेश कुमार कनोडियाको ३०३८ मत रहेको छ । माओवादीका दामोदर आचार्यले २७२९ मत प्राप्त गरेका छन् । यसैगरी एमालेका शमसुद्दिन सिद्दिकीको २३८४ मत रहेको छ ।
उपमेयर राप्रपा, कांग्रेस र एमाले विचमा प्रतिस्पर्धा रहेको छ । राप्रपाले ३७९४ मत आएको छ । कांग्रेस कि उमा थापाको ३७७४ र एमाले कि शान्ति ढकालको २६८५ मत रहेको छ ।

अहिलेसम्म नौ वडाहरुको मतगणना सकिसकेको छ । नाै वडा मध्ये एमाले, कांग्रेस, राप्रपा र माअाेवादी केन्द्रले २-२ वटा वडा जीतेका छन् भने संघिय समाजवादी फाेरमले १ वडामा विजय हासिल गरेकाे छ ।

प्रतिक्रिया

प्रतिक्रिया