बाँके कै सबैभन्दा थोरै मतदाता संख्या रहेको नेपालगन्ज उपमहानगरपालिकाको वडा नं.२३ को मतगणना सम्पन्न भएको छ । ६०३ मतदाता रहेको वडामा ४ सय ७४ मत खसेको थियो ।
अन्तिम मतगणना अनुसार, वडामा संघीय समाजवादी फोरम नेपालले वडा अध्यक्ष मोहमद हुसैन सहित दलित महिला सदस्य, महिला सदस्य र दुई खुल्ला सदस्यमा विजयी हासिल गरेको छ । विजयी उम्मेदवारहरुले क्रमश : १८८, १८७,१८१,१८९ र १६८ मत प्राप्त गरेका छन् । मेयर र उपमेयरमा पनि संघीय समाजवादी फोरमले अग्रता लिएको छ ।
वडा नं.२३ बाट फोरमका मेयर र उपमेयरले १ सय ७४ र १ सय ८१ मत प्राप्त गरेका छन् ।
यसैगरी नेपाली कांग्रेसले मेयरमा १ सय ११ र उपमेयरमा १सय ८ मत प्राप्त गरेका छन् । एमालेका मेयरले ५४ र उपमेयरले ५५ मत प्राप्त गरेका छन् । राप्रपाका मेयर र उपमेयरले क्रमश ७६ र ७८ मत प्राप्त गरेका छन् । माओवादीले ८ मत प्राप्त गरेको छ ।