राजनीतिमा मधेसी र मुस्लिम महिला

रुपा गहतराज

स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा बाँकेका मधेशी र मुस्लीम महिला नेतृहरुको आकर्षण बढ्दो छ । नगर प्रमुख, उपप्रमुख,गाउँपालिका प्रमुख उप प्रमुख देखी लिएर खुला सदस्यका पदमा मधेशी तथा मुस्लीम महिलाहरु खुला प्रतिसपर्धामा रहेका छन् ।

विभीन्न पेशाा ब्यवसायमा आबद्ध मधेशी महिलाहरु महिलाहरु समाजसेवकै लागि राजनितिमा आएको बताउँछन् । राजनितिमा आकर्षण बढे संगै निर्णायक पदमा समेत उनिहरुको पहुच वृद्धि भएको देखिन्छ । अन्य पेशा ब्यवसायमा आबद्ध भएर भन्दा राजनिति मार्फत समाजसेवा गर्न निर्णायक हुने भएकाले समाज परिवर्तनका लागि गरीब तथा मधेशी मुस्लीम महिलाको बिकासका लागि आफुहरु राजनितिमा लागेको उनिहरुको भनाई छ ।

महिलातर्फबाट मेयर पदमा एक्लो उम्मेदवार ऋतु सिंह शाही पुरुष प्रधान समाजमा महिलाले पनि केहि गर्न सक्छन भनेर उम्मेदवार भएको बताइन । उनले मुस्लीम र मधेशी महिलाको अवस्था कमजोर भएको बताउदै उनिहरुको शिक्षा स्वास्थ्य तथा आयमुलक सिपका कार्यक्रम ल्याउने योजना सुनाइन ।

उनले आफनो उम्मेदवारी महिला हक अधिकार लाइ स्थापित गर्न का लागि भएको जिकिर गरीन । नेपाल लोकतान्त्रिक फोरमको तर्फबाट मधेशी मुलकी पहाडी महिला ऋतु सिंह शाहीले महिलाको नाममा महिलाहरुलाई सामुहिक रुपमा महिलालाई सहयोग गर्ने अभियानलाई तीब्रता दिएकी छिन् ।

विभिन्न संघसंस्था तथा नीजि क्षेत्रमा लामो समयदेखि कार्यरत हुँदा विभिन्न समूहसँग राम्रो पहिचान बनाइसकेकी शाहीले भन्छीन‘म एउटा महिला हो । नगरबासीको काम लगायत विकासमा इमान्दारिताका साथ काम गर्न सक्छु । भ्रष्टाचार मौलाएको उपमहानगरपालिका कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउने मेरो पहिलो कार्य हुनेछ । नेपालगन्ज नगर क्षेत्रमा मुलुकको नमुना नगरमा परिणत गर्नको लागि हरसम्भव प्रयासमा रहनेछु ।
यसै गरी माओवादी केन्द्रले नेपालगंज उपमहानगरपालीकाको उपमेयरमा कलामुन अन्सारी लाइ उम्मेदवार बनाएको छ । मुस्लीम समुदायको बाहुल्यता रहेको नेपालगंजमा कलामुन को उम्मेदवारीले मुस्लीम मििहलामा उत्साह थपेको छ । राप्रपा ले पनि मधेशी मुल बाट महिला लाइ उम्मेदवार बनाएको छ । राप्रपाले रमारानी वैश्यलाई उपमेयरकी उम्मेदवार बनाएको छ । उनले आफनो उम्मेदवारीले मधेशी महिलाको हकहितका लागि आवाज उठाउन तथा आफनो मुद्दा स्थापीत गर्न सहयोग पुग्ने बताइन ।
सदरमुकाम नेपालगन्जसँगै जोडिएको गाउँपालिका भएपनि त्यहा गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्याहरु छन् । मधेशी समुदाय शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्याबाट मुक्त हुन सकेका छैनन् । सञ्चारको खासै विकास हुन सकेको छैन गाउपालिकाहरुमा पनि दलहरुले मधेशी तथा मुस्लीम महिला लाइ उपप्रमुख मा उठाएका छन । माओवादीले मुस्लीम महिला लाइ गाउपालीकाको उपमेयरमा उठाएको छ । खजुरा गाउपालीका बाट फिरोज खा लाइ उम्मेदवार बनाएको छ । उनले आफनो उम्मेदारी बाट आफुनै उत्साहीत भएको बताइन । उनि भन्छिन (अवसर ले नै बिकास सम्भव छ । अव आफनो गाउको बिकास गर्छु ।
घर भन्दा बाहिरको समुदाय नदेखेका मधेशी मुस्लीम समुदायका महिला आज उम्मेदवार बनेपछि गाउ गाउका घरमा पुगेका छन । शहरका टोलटोलमा भोट माग्न ब्यस्त छन ।
नेपालगञ्जमा पहाडी, मधेसी, मुस्लिम समुदाय बराबरीको हाराहारीमा छन्। बाँके थारु बहुल जिल्ला भए पनि उपमहानगरमा थारु बस्ती एकदमै कम छ। त्यो सन्तुलनलाई यसपालिको चुनावमा पनि प्रमुख दलले मेयर र उपमेयरको उम्मेदवारीमा हेक्का राखेका छन्।

प्रतिक्रिया

प्रतिक्रिया