परिचय पत्र लिन उत्साहित मतदाता

असार १४ गतेको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण गर्न बाँकेमा शुरु भएको छ ।
नेपालगन्जन्यूज सम्वाददाता भन्छन्, नेपालगन्ज उपमहानगरपालिका वडा नं.१८ को राष्टिय माध्यमिक विद्यालय लग्दहवामा पुग्दा मतदाताहरु परिचयपत्र लिन लामवद्ध भएर उभिरहेका थिए । राष्टिय माध्यमिक विद्यालय लग्दहवा मतदान स्थलमा ३ मतदान केन्द्रहरू छन् । र २ हजार ६ सय ८४ मतदाताहरू रहेका छन् ।
आफ्नो र परिवारको मतदाता परिचय पत्र लिएर फर्किदै गरेकि ६८ वर्षिय बुधनी चमारले मतदान गर्न आतुर रहेको बताइन् । यसैगरी परिचय पत्र लिदै गरेका राम फेरन बढईले मतदान गर्न पाउने भएकोले परिचय पत्र लिन आएको बताए ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार, आइतबार देखि मंगलबारसम्म मतदाता परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको छ ।

मतदाता परिचय पत्र लिन जादा परिचय खुल्ने नागरिकता, लाइसेन्स जस्ता सरकारी परिचय पत्र लिएर जानुपर्ने हुन्छ ।

फाेटाे ः विशाल राना/नेपालगन्जन्यूज

प्रतिक्रिया

प्रतिक्रिया