स्थानीय तहको निर्वाचन सारिने

प्रमुख राजनीतिक दलहरुको आइतबार भएको बैठकले निर्वाचन केही दिन सार्ने सहमति गरेको छ ।

आन्दोलनरत् राजपा नेपाललाई निर्वाचनको मिति सारेर निर्वाचनमा सहभागी गराउन प्रमुख दलहरु सहमति नजिक पुगेका हुन् ।

बैठकमा राजपा नेपाल पनि चुनावमा जान सकारात्मक देखिएपछि निर्वाचन सारेर भएपनि राजपालाई निर्वाचनमा सहभागी गराउन प्रमुख दलहरु सहमत भएको बताइएको छ ।

तर, कति गते निर्वाचन गर्ने भन्ने सम्बन्धमा स्पष्ट रुपमा दलबीच सहमति नभएपनि असारको ७/८ गतेसम्म सर्ने समझदारी भएको स्रोतले बताएको छ । सम्बद्ध स्रोतका अनुसार, निर्वाचन आयोगसग परामर्श गरेपनि निर्वाचनको मितिबारे निर्णय लिइनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आव्हान गरेको बैठकमा सत्तारुढ कांग्रेस, माओवादी, फोरम लोकतान्त्रिक, प्रमुख विपक्षी एमाले र राजपा नेपालका नेताहरु सहभागी थिए ।

2074-2-15

प्रतिक्रिया

प्रतिक्रिया