कैलालीमा डल्फिन महोत्सव हुँदै

नेपालगन्ज – कर्णालीमा डल्फिन महोत्सव आयोजना गरिने भएको छ । होटल व्यवसायी संघ कैलालीले डल्फिन महोत्सवको आयोजना गर्न लागेको हो । कैलाली पूर्वी भागमा पर्ने टीकापुर नगरपालिका भजनी नगरपालिका र जोशीपुर गाउँपालिका अन्तरगत पर्ने पथरैया, काँडा र मोहनीनदीको पानीको वहाव बढ्दा डल्फिन देखिने भएको हँुदा यही क्षेत्रको विकास तथा प्रसारप्रचार गर्नका लागि बाँकेमा पुगेको टिमले बुधबार पत्रकार सम्मेलन गरेको छ । भदौ २८ देखि महोत्सवको आयोजना गर्न लागेको हो ।

डल्फिनको धार्मिक महत्व लगायत अन्य सुचकको रुपमा रहने डल्फिनको महत्वलाई अगाडि बढाउनका लागि महोत्सवको आयोजना गरेको कार्यक्रमको सहयोजक पर्यटन प्रवद्धन तथा वातावरण संरक्षण केन्द्रका प्रमुख भोजराज ढुङगानाले बताए । नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सुचीमा राखेको २६ वाट स्तनधारी जन्तु मध्ये डल्फिन एक मात्र हालमा पाइने स्तनधारी वन्यजन्तु हो ।

३० वर्ष पहिले डल्फिन नेपालका कोशी, गण्डकी महाकालीमा देखिए पनि हाल कर्णालीको चिसापानी देखी कोठियाघाटसम्म वर्षायाम कैलाली जिल्लाको मोहना,कन्द्रा,पथरैया र काढाँ नदीमा मात्र देखिने हुँदा कैलालीमा महोत्सवको आयोजना गर्न लागिएको ढुङगाना टोल डल्फिन संरक्षण केन्द्रका सचिव जयप्रसाद ढुङगानाले बताए । यसैगरी कार्यक्रममा बोल्दै मुख्य आयोजकको रुपमा रहेको कैलाली होटल व्यवसायी संघका अध्यक्ष भोजराज शाहीले विगतका दिनमा अन्य संस्थाले आयोजना गर्ने गरेको भएता पनि यस वर्ष कसैले गर्न भन्ने योजना नल्याउँदा होटल व्यवसायी संघले जिम्मा लिएको बताए ।

ढुङगाना टोल डल्फिन संरक्षण केन्द्रका सचिव ढुङगानाले संचालन गरेको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बाँकेका सदस्य देवेन्द्र पौडेल, दिनेश ठाकुर, थारु पत्रकार संघ बाँकेका सचिव शम्भु प्रसाद थारु, बाँके होटल तथा व्यवसायी संघका सचिव गोपाल प्रसाद गिरी, सहसचिव रतन बुढाक्षेत्री लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया