बाँके : गहुँ खेतीमा यान्त्रिकरण

बाँकेमा गहुँ खेतीमा यान्त्रिकरण प्रविधि अपनाएर खेती गर्ने किसानको सङख्यामा वृद्धि हँुदै आएको छ । सस्तो, सजिलो र गुणस्तर युक्त उत्पादन आउने भएपछि किसानहरु यान्त्रिकरण तर्फ लागेका हुन । गहुँ खेती गर्दा लाग्ने लगानीलाई कम गर्न यान्त्रिकरणले मुख्य भुमिका खेलेको स्वयम किसानहरुको बुझाई छ । यसमा पनि छरुवा विधिबाट वाँझो जमिनमा छरेको गहँुको उत्पादनलाई समेत किसानले रुचाएका छन् । परम्परागत तरिका भन्दा आधुनिक तरिकाले वाँझै जमीनमा छरेको गहुँको उत्पादन रुचाएका सिमिट इन्टरनेशनलका क्षेत्रिय संयोजक सालीन आचार्यले जानकारी दिए ।

 
सिद्धेश्वर कृषक सहकारी संस्था राप्तीसोनारी–६ हव्रहवा बाँकेको आयोजनामा सिमिट इन्टरनेशनलद्वारा सञ्चालित सिसा परियोजनाको आर्थिक सहकार्यमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुराको अवलोकन गरीएको छ । गहुँ खेतीमा यान्त्रिकरण सम्वन्धी कृषि अवलोकन भ्रमण कार्यक्रम अन्र्तगत सहकारीमा आवद्ध ५३ जना कृषकले अवलोकन भ्रमण गरेका हुन् । उनीहरुले केन्द्रमा भएका आधुनीक कृषि औजारहरुका साथै छरुवा विधिबाट वाँझो जमिनमा छरिएको गहँु खेतीको अवलोकन गरेका छन् ।


गहुँ खेतीमा प्रयोग हुने जति पनि कृषि यन्त्र छ त्यसको बारेमा जानकारी गराउने मुल उद्देश्यले किसानहरुलाई प्रत्यक्ष अवलोकन गराइएको सिसा परियोजनाले जनाएको छ । विभिन्न तरिकाले छरेको गहुँमा उत्पादनको नतिजा कस्तो देखियो भनेर देखाइएको थियो । विभिन्न जातका गहुँका बारेमा पनि किसानलाई जानकारी गराइएको थियो । मेसिनले छरेको गहुँमा पनि राम्रो उत्पादन भएको देखेर किसानहरु दङ परेका थिए । परम्परागत तरीकाले छरेभन्दा राम्रो उत्पादन हुने, जोत्ने खर्च र समयको वचत हुने भएकाले यो विधि अपनाउन आचार्यले कृषकहरुलाई आग्रह गरेका थिए ।

 
कृषकहरुले गहुँ छर्ने, जमीन सम्याउने, धान रोपाइ गर्ने लगायतका आधुनीक मेसीनका बारेमा पनि जानकारी लिएका छन् । सोमबार र मंगलबार सिमिट इन्टरनेशनलद्वारा सञ्चालित सिसा परियोजनाकै सहयोगमा बर्दियाको गेरुवामा राजापुर नगरपालिका कृषि शाखाको आयोजना र मधुवन नगरपालिको कृषि शाखाको आयोजनामा यादव गाउँमा मेसिनबाट गहुँ र मुङ्ग लगाउने गरिएको पनि निरिक्षण गराइएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया