शैक्षिक महोत्सवको छैठौं दिन वरिष्ठ कथाकार महेश विक्रम शाह आफ्नो कृतिहरुमा हस्ताक्षर गर्न स्टलमै पुगे । मदन पुरस्कार विजेता कृति छापामारको छोरो उनको अतिचर्चित पुस्तक हो । मंगलबार एकैदिन महोत्सव स्थलबाट वरिष्ठ कथाकार शाहको हस्ताक्षर सहित एक सय ३० प्रति बिक्री भयो ।

 

‘ज्याक्सन हाइट १ सय ३० प्रति, सिपाही स्वास्नी ६०, अफ्रिकन अमीगो ६० र काठमाडौंमा कमरेड २० प्रतिमा हस्ताक्षर गरें’, वरिष्ठ स्रष्टा शाहले दैनिक नेपालगन्ज सग भने, ‘महोत्सवमा पुस्तक लिनेको आकर्षण कम्ति देखिएन ।’ पा“च पोखरी प्रकाशन गृहको स्टलमा हस्ताक्षर कार्यक्रम आज पनि जारी रहने बताइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया