कोहलपुरमा चार तारे होटल, सेन्ट्रल प्लाजा

२०६६ सालदेखि कोहलपुर बजारमा अत्याधुनिक सुविधा सहित होटल सञ्चालन गर्दै आएका युवा उद्यमी देवानन्द अर्यालले सोमबारदेखि कोहलपुर–४ मदनचोकमा चारतारे होटलको ‘सफ्ट ओपनिङ्ग’ गरेका छन् । ८ हजार ५ सय वर्गमिटर क्षेत्रफलमा फैलिएको बृहत संरचना बीच अत्याधुनिक सेवा, सुविधा सहितको होटल सेन्टर प्लाजा सोमबारदेखि सञ्चालनमा ल्याइएको हो ।

 

 
‘यो ग्राण्ड ओपनिङ्ग पूर्वको तयारी पनि हो’, अन्तर्राष्ट्रिय स्तरको सेवा, सुविधा दिने लक्ष्य राखिएको बताउ“दै सफ्ट ओपनिङ्ग बारे सेन्टर प्लाजाका सञ्चालक समेत रहेका प्रबन्ध निर्देशक अर्यालले दैनिक नेपालगन्जस“ग भने, ‘तीन महिनाको गहन तयारी पछि ग्राण्ड ओपनिङ्ग गरिनेछ ।’ नेपालीस“गै भारतीय पाहुनाहरु बढी
आवागमन रहेको कोहलपुर क्षेत्र पर्यटकीय गन्तव्यका विभिन्न महत्वपूर्ण क्षेत्रका लागि गेट वे बन्दै गएपछि आफुले लगानीको आ“ट बढाएको अर्यालको भनाइ छ । ‘त्यतिबेला पनि मैले सबैभन्दा ठूलो लगानीमा कोहलपुरमा पहिलो आधुनिक सेवा सहितको होटल सञ्चालनमा ल्याएको थिए“’, २०६६ सालको अवस्था सम्झदै अर्यालले भने, ‘त्यसको सफलता र पर्यटकीय गन्तव्यका रुपमा विकासका रुपमा बढ्दै गएको सम्भावनाले ठूलो लगानीका लागि हिम्मत जुटाएको हु“ ।’

 

 
४५ करोड लगानी भैसकेको सेन्टर प्लाजामा ग्राण्ड ओपनिङ्ग सम्म ५० करोड लगानी पुग्ने प्रबन्ध निर्देशक अर्यालको अनुमान छ । सोमबार सञ्चालनमा आएको होटलमा हाल २६ कोठा सहितको सेवा सुरु गरिएको छ । ‘केही दिन भित्रै थपेर ४९ कोठा बनाइनेछ’, अर्यालले भने ।

 
वातानुकुलित, अपाङ्ग मैत्री बनाइएको तीनवटा भवन रहेको सेन्टर प्लाजामा ७ सय ५० जना क्षमताको बेनक्वीट हल, प्रेसेडेन्सीयल स्वीफ्ट, एक्जुकेटीभ स्वीफ्ट र जनरल स्वीफ्ट, १९ वटा सुपर डिलक्स, ५० वटा डिलक्स रुम, ३२ स्क्वयार फिटको स्विमिङ पुल, दुईवटा बार, तीन वटा सेमिनार हल रहनेछ ।

 
विभिन्न सुविधा युक्त रहेको सेन्टर प्लाजामा २० फिटको वाटरफल गराएर पौडि खेल्ने व्यवस्था समेत मिलाइएको छ । स्वीमिङ्ग पनि होटलको आकर्षक रहने अर्यालले बताएका छन् । मध्य तथा सूदुरपश्चिमको ट्रान्जिट रहेको कोहलपुरमा विश्राम गर्नेहरुका सेन्टर प्लाजा उचित स्थल हुने उनले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया