मारुती सुजुकी कारको आधिकारिक बिक्रेता रत्नलक्ष्मी गु्रप प्रा.लि.ले नेपालगन्जमा बुधबार भव्य कार्यक्रम बीच नया“ कार ‘लन्च’ गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र बहादुर अधिकारी, गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष अम्मर बहादुर खड्का, बा“केका स्थानीय विकास अधिकारी हरि प्याकुरेल, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका रत्नलक्ष्मी गु्रपका प्रबन्ध निर्देशक प्रकाश अधिकारी र कार्यकारी निर्देशक ऋता सापकोटाले संयुक्त रुपमा कार ‘लन्च’ गरेका हुन् ।
२९ लाख ८९ हजार देखि ३४ लाख १९ हजार मूल्य सम्मका विभिन्न सेग्मेन्टमा रहेका मारुती सुजुकी इग्निस कारको बिक्री औपचारिक शुभारम्भ गरिएको रत्नलक्ष्मी गु्रपका सेल्स म्यानेजर अजय रसाइलीले जानकारी दिए ।
रत्नलक्ष्मीका प्रबन्ध निर्देशक प्रकाश अधिकारीले विगत ११ बर्षदेखि अटोमोबाइलको क्षेत्रमा नेपालगन्जबाट व्यवसायिक करिअर अगाडी बढाएको बताउदै भने, ‘सेवा ग्राहीको हित सोचेर कुनै पनि ब्राण्डलाई रोजेको छु ।’ उनले मारुती सुजुकीको इग्निसको आकर्षक लुक देखि विश्वासिलो इन्जिनसम्मका व्यवस्थाले सेवाग्राहीको मत जित्ने आशा गरिएको बताए । रत्नलक्ष्मीले दुई दिन अघि मात्र डिजायर लन्च गरेको थियो ।