श्रमिक सुरक्षाका लागि कोष स्थापना हुदै

श्रमिकहरुको सुरक्षाका लागि सामाजिक सुरक्षा कोष स्थापना हुने भएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७३ पारित भएपछि कोषको व्यवस्था हुन लागेको हो ।

 
अन्तर्राष्ट्रिय टे«ड यूनियन महासंघ नेपाल आबद्ध परिषद्ले सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि ऐनबारे जानकारी गराएको हो । जिफन्टको केन्द्रीय सदस्य पूर्ण केसीले सामाजिक सुरक्षा कोषमा श्रमिकको पारिश्रमिकको ११ प्रतिशत र रोजगारदाताको २० प्रतिशत रकम जम्मा हुने व्यवस्था भएको जानकारी दिए ।

 
केन्द्रीय सदस्य केसीले औपचारिक क्षेत्रबाहेक अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिले पनि रकम जम्मा गर्न पाउने गरी विधेयकमा व्यवस्था गरिएको जानकारी दिए । अखिल नेपाल ट्रेड यूनियन महासंघका केन्द्रीय सचिव दान बहादुर ओलीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै अखिल नेपाल ट्रेड यूनियन महासंघका महासचिव जगत सिंह सिम्खडाले सामाजिक सुरक्षा कोष श्रमिकहरुका लागि ठूलो उपलब्ध भएको बताए । उनले अब कानुन बमोजिम कोषमा श्रमिक र रोजगारदाताले रकम जम्मा गर्नुपर्ने बताए ।

 

सामाजिक सुरक्षा कर वापत हालसम्म जम्मा भएको १४ अर्ब समेत नया कोषमा जम्मा गरिने बताइएको छ ।
कोषबाट श्रमिकको औषधी उपचार, दुर्घटना सुरक्षा योजना, वृद्ध अवस्थामा सुरक्षा योजना, बेरोजगार सहायता सुरक्षा योजना, अशक्तता सुरक्षा योजनामा रकम खर्च गरिने बताइएको छ । त्यसअघि परिषद्ले मजदुर संगठनका प्रमुख तथा प्रतिनिधि सरोकारवालाहरुसग छलफल कार्यक्रम समेत आयोजना गरेको थियो ।
कार्यक्रममा टे«ड यूनियन मजदुर संगठनका मुकुन्द अधिकारी लगायत टे«ड यूनियन प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया