नेपाल वन पैदावार ब्यवसायी संघ बाकेमा चन्दको नेतृत्व

नेपाल वन पैदावार उद्योग ब्यवसायी संघ बाकेको पाँचौ जिल्ला अधिवेशनले सुरेश चन्दको अध्यक्षतामा नया नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा सुमन मल्ल, उपाध्यक्षमा नरेस के सी, सचिवमा विक्रम सिंह सिजापती, सह सचिवमा बोधिलाल न्यौपाने चयन भएको गजेन्द्र गुरुङ्गले जानकारी दिए ।

संघको सदस्यहरुमा क्रमसः जुगलाल थारु, सीता रेग्मी, श्याम नेपाल, बिनोद जोशी, कमल शाही, दिनेश श्रेष्ठ, लियाकत अलि र रज्जु लाल तेली सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यसअघि नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष श्याम ढकालले अधिवेशनको उद्घाटन गर्दै व्याप्त समस्याहरु बीच समाधानको खोजीका लागि व्यवसायिक एकता औंल्याएका थिए । संघका अध्यक्ष रविन्द्र लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न वक्ताहरुले व्यवसायिक हित र एकताबारे धारणा राखेका थिए ।
जिल्लामा भएका १ सय ८ व्यवसायीहरु संघमा संगठित रहेको संघका निवर्तमान पदाधिकारी गजेन्द्र गुरुङ्गले जानकारी दिए ।

संघले व्यवसायीहरुलाई संगठित गर्दै उनीहरुको हितका लागि आफुलाई क्रियाशिल बनाउने नवनिर्वाचित अध्यक्ष चन्दले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया