नेपालगन्जको ‘लाइफलाइन’ संकटमा

कुमार चाैधरी/नेपालगन्जन्यूज

कुनैबेला नेपालगन्जको ‘लाइफलाइन’ मानिने पाइडल रिक्सा शहरमा हराउँदै गइरहेको छ ।

सुविधाजनक इ रिक्साको प्रभावले पाइडल रिक्सा संकटमा परेको हो । नयाँ काम गर्न सकिन्न, या त इटा बोक्ने हो या रिक्सा चलाउने । सलिम खान भन्छन् । उनी राँझा चोकबाट दिनहुँ रिक्सा चलाउन नेपालगन्ज आउने गरेका
छन् । सेतु वि.क. चोकमा दिउँसोको १ बजे यात्रु कुरिरहेका उनी भन्छन्, एक घण्टा भयो तर यात्रु पाएको छैन ।

इ रिक्साको शुरुवात सगै पाइडल रिक्सा चलाउनेलाई मार परेको उनी बताउछन् । सलिमले रिक्सा चलाउन थालेको १२ वर्ष भयो । पहिले पहिले दैनिक छ, सात सय बच्थ्यो अहिले मुस्किलले दुई तिन सय मात्र ।

यो बाहेक अर्को पेसामा जान म सक्दिन । किनकी न त मेरो सिप छ, न म संग पैसा नै छ इ रिक्सा किन्ने ।

हरिहर थारु अर्का प्रतिनिधि हुन् । नेपालगन्जबाट करिब ७० किमि टाढा सुर्यपटुवाबाट रिक्सा चलाउन आएका छन् । डेढ घण्टा भयो, यात्रु पाइएको छैन । उनले रिक्सा चलाएको २५ वर्ष भयो । यस्तो त कहिल्यै भएको थिएन । मान्छेहरु सुविधा खोज्छन्, मेरो रिक्सामा छैन । अनि इ रिक्सातिर जान्छन् । इ रिक्साले प्रत्येक चोक जाँदा १० रुपैंया लिन्छ, हामीले महंगो लिनुपर्छ । नत्र मिहिनेतको कमाई निस्कन्न । उनले अब रिक्सा चलाएर बाँच्न नसक्ने भएकाले मजदुरी तिर लाग्ने बताए ।

प्रतिक्रिया

प्रतिक्रिया