नेपालगन्जमा ५ करोड बढीको लगानीमा मेट्रिक्स उड डोर्स

विभिन्न विदेशी लगानीकर्ताहरुसगको साझेदारीमा नेपालगन्जमा मेट्रिक्स उड इन्डष्ट्रिज सञ्चालनमा आएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य टंक सिंह धामीको नेतृत्वमा भारतीय, मलेसियन र दक्षिण अफ्रिकी नागरिकहरुसंगको संयुक्त लगानीमा उद्योग सुरु भएको हो ।

‘मलेसिया, भारत र दक्षिण अफ्रिका पछि नेपालगन्जमा मेट्रिक्स उड इन्डष्ट्रिजले शाखा सञ्चालनमा ल्याएका हो’, उद्योगका प्रबन्ध निर्देशक टंक सिंह धामीले दैनिक नेपालगन्जसग भने, ‘यहाबाट उत्पादित सामाग्रीले देशैभरी बजार बिस्तार गर्नेछ ।’ प्रबन्ध निर्देशक धामीका अनुसार, ५ करोड बढी प्रारम्भिक लगानीमा सुरु गरिएको उड इन्डष्ट्रिजले हाल दैनिक २ सय ३० वटा डोर्स (ढोका) उत्पादन गर्छ ।

‘६० प्रतिशत स्थानीय कच्चा पदार्थ र बाँकी जर्मन प्रविधिबाट ढाेका तयार हुन्छ’, प्रबन्ध निर्देशक धामीले अन्य तीन देशमा भैरहेको सफलता पछि नेपालमा शाखा सञ्चालनका लागि आफु तयार भएको बताए । धामीसगै गिरिराज भुषाल र विष्णु रिमाल उद्योग सञ्चालकका रुपमा कम्पनीमा आबद्ध छन् ।

प्रतिक्रिया

प्रतिक्रिया