झलक गैरे / नेपालगन्ज
नेपालगन्ज उपमहानगरसग जोडिएको जानकी गाउ“पालिका विकासको तिव्र पर्खाइमा छ । ‘गतिलो नेतृत्व आइदिने हो सहरी विकासका लागि नेपालगन्जको वैकल्पिक केन्द्र बन्न सक्छ’, बेलहरीका किसान राम बोहरी यादवले भने ।
हुनपनि बेलहरी राझा एयरपोर्ट, नेपालगन्जको धम्बोझी र खजुराखुर्द तीनै तिरबाट सडक पहु“चको सरल केन्द्रका रुपमा विकसित भैरहेको छ । बेलहरी, साईगाउ, बेलभार, इन्द्रपुर, खजुराखुर्द र गनापुरलाई एकीकृत गरी बनाइएको जानकी गाउ“पालिका सोझै भारतीय नाकासग जोडिएको छ । ‘छिट्टै नेपालगन्जसग सहरी रुपमै जोडिन सक्छ’, नेपालगन्जलाई दुध खुवाउदै आएको यादव बस्ती गुरुवागाउ“का फोरम लोकतान्त्रिकका नेता समेत रहेका यादवले भने ।
‘प्रत्येक वडामा प्रशस्त ऐलानी जग्गा छ, त्यसको व्यवस्थापन मात्रै सही ढंगले गर्न सके जानकीको भविष्य सुन्दर छ’, जानकीको केन्द्र खजुराखुर्दका पूर्व गाविस अध्यक्ष पदम धितालले दैनिक नेपालगन्ज स“ग भने, ‘सुकुम्बासी समस्याको समाधान जानकीको चुनौति हो ।’
आफ्नो पार्टीबाट जानकीको विकासको लागि योजना बुन्दै गरेका धिताल नेकपा एमाले बा“केका नेता पनि हुन् । एमालेले गनापुरका पूर्व गाविस उपाध्यक्ष रामनिवास यादवलाई गाउपालिकाको अध्यक्ष र अनेमसंघ नेतृ भूमिसरा धिताललाई उपाध्यक्ष उम्मेदवार बनाएको छ । ‘हाम्रो प्रतिस्पर्धा नेपाली काग्रेस सग हो’, नेता धितालले भने ।
नेपाली काग्रेसबाट गाउपालिका अध्यक्षको टिकट पर्खेर बसेका छब्बन खाले सडकको स्तरोन्नती नै जानकीको विकासको सुत्रधार बताउ“छन् । ‘२० बर्षदेखि जनता आफ्नो विकासका लागि नेता पर्खेर बसेका छन्’, बेलहरीका पूर्व गाविस अध्यक्ष समेत रहेका खा“ले भने, ‘राम्रो उम्मेदवारी दिन सके हाम्रो जितको सम्भावना छ ।’ उनले एमाले र संघीय समाजवादी फोरमसग काग्रेसको प्रतिस्पर्धा हुने बताए ।
काग्रेसबाट गनापुरका पूर्व अध्यक्ष दुःखीराम लोनिया र अर्का नेता जगदम्बा पाठक गाउपालिकाको नेतृत्वका दाबेदार छन् । अघिल्लो स्थानीय निकायको निर्वाचनमा ६ गाविस मध्ये ५ काग्रेसको नेतृत्व थियो । माओवादी केन्द्रले बेलभारका रक्षाराम बर्मालाई अध्यक्ष उम्मेदवार बनाएको छ भने उपाध्यक्ष पनि त्यहीबाट अघि सारेको छ । फोरम लोकतान्त्रिकले बलराम यादवलाई अघि सरेको छ ।
जानकीको वडा नं. ४ खजुराखुर्द एमालेको प्रभाव क्षेत्र मानिन्छ । अन्य वडामा काग्रेसको प्रभाव जरो गाडे पनि इन्द्रपुर र बेलहरीमा मधेस केन्द्रित दल हाबी छन् । त्यसमा पनि संघीय समाजवादी फोरम अन्य वडाहरुमा समेत राम्रो प्रभाव बिस्तार गरिरहेको सम्बद्ध नेताहरु बताउछन् ।
‘बेलहरीमा हाम्रो प्रभाव छ’, फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हिरालाल लोनियाले भने ।
नेपालगन्ज विमानस्थल नजिकै पिप्रहवादेखि भारतीय सीमानासम्म जोडिएको जानकीले नेपालगन्जलाई अगालो मारेको छ । १८ हजार मतदाता रहेको जानकीले ३७ हजार ८ सय ३९ जनसंख्या छ ।
जानकीले ६३.३२ वर्गकिलोमिटर भुभाग ओगटेको छ भने खजुरा र कोहलपुर समेतलाई सम्पर्क स्रोत बनाएको छ ।