प्रहलाद विश्वकर्मा / नेपालगंज – “अत्यावश्याक पूर्वाधारमा विपद्बाट हुने क्षति घटाऔं, आधारभूत सेवा प्रभाव हुनबाट जोगाऔं” भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस नेपालगंजमा मनाईको छ ।
जिल्ला विपदु व्यवस्थापन समिति (जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्र) को आयोजनामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचार सेवा, नेपाली सेना र शसस्त्र प्रहरीले खोज तथा उद्धार सामाग्री प्रर्दशन र आगो नियन्त्रणको कृत्रिम घटना अभ्यास (सिमुलेशन) गरिएको थियो ।

आगलागीमा पारी घाइते भएका व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरुले प्राथमिक उपचार सेवा प्रदान गरेका थिए ।
कार्यक्रममा सूचना र मानव अधिकार अनुसन्धान केन्दका अध्यक्ष विश्वजीत तिवारीले विपद् व्यवस्थापन सम्बन्धमा कानुनी व्यवस्थाको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष कुमारबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, नेपाल आर्मी, शसस्त्र प्रहरी, नेपाल प्रहरी, शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वय इकाई कार्यालय, विभिन्न क्षेत्रगत अगुवा निकायका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन नेरेसो बाँके शाखाका बरिष्ठ जिल्ला शाखा अधिकृत दोलखबहादुर डाँगीले गर्नु भएको थियो ।
