किशोरी आत्महत्या प्रकरण

यौन शोषण, जवरजस्ती करणी, गर्भपतन र मानसिक यातना दिई एक युवतीलाई आत्महत्या गर्न बाध्य पारेको घटनाका एक आरोपीलाई अदालतले थुनामा राख्ने आदेश दिएको छ ।

आरोपी प्रेम भन्ने पित बहादुर ऐरी मुद्दा पुर्पक्षका लागि कारागार कार्यालय बाँकेमा थुनामा गएका हुन् । आरोपी ऐरी नेपाल प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन । बाँके जिल्ला अदालतका न्यायाधीश दल बहादुर केसीको इजलासले एरीका कारण नै किशोरीले आत्महत्या गरेको ठहर गर्दै उनलाई थुनामा राख्ने आदेश दिएको हो ।

बाँके महादेवपुरीकी एक किशोरीलाई नावालिक अवस्था देखिनै प्रेम गरि बिवाह गर्ने आश्वासनमा अनुचित प्रभावमा पारि यौन शोषण, जवरजस्ती करणी, गर्भपतन र मानसिक यातना दिई आत्महत्या गर्न बाध्य पारेका सन्दर्भमा दर्ता भएको जाहेरी उपर कारवाही गर्दै अदालतले सो आदेश दिएको अधिवक्ता गौतमले बताए ।

मृतकका बुबाले दिएको जाहेरीमा आत्म गर्न बाध्य पार्नेलाई कारवाही गर्ने स्पष्ट कानूनी ब्यवस्था नभैरहेको सन्दर्भमा अदालतले गरेको यो आदेशले न्यायको ढोका खोलेको छ । अदालतको आदेश पछि नेपालगन्जन्यूज संग कुरा गर्दै मृतकका बुवाले अन्यायीलाई कारवाही हुनेमा आफु आशावादी भएको बताए ।

छोरी जसका कारणले मर्न बाध्य भइन त्यसलाई थुनामा राख्न अदालतले गर्नु नै मेरोलागि न्याय हो, मृतकका बुबाले भने, आदेशले न्याय पाउने आशा बढाएको छ । यो केशले आत्महत्या गरि मर्न बाध्य पार्ने अन्य घटनाका पीडकलाई पनि कारवाही गर्न मार्ग मदत पुग्ने अधिवक्ताहरुको बुझाई छ ।

घटना आत्म हत्या हो भन्दै प्रहरीले जाहेरी दर्ता गर्न इन्कार गरेको बिषयमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासले यौन शोषण, जवरजस्ती करणी, गर्भपतन र मानसिक यातना सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

किशोरीलाई सुरक्षा निकायमा कार्यरत ऐरीले आत्महत्या गर्न बाध्य पारेको भन्ने घटनाको सम्बन्धमा शिघ्र र प्रभावकारी अनुसन्धान गरि घटित वारदात संग आकृष्ट र सम्बद्ध हुन आउने प्रचलित नेपाल कानूनको अभियोजन कार्य गर्न अदालतले जिल्ला प्रहरी कार्यालय बाँकेलाई आदेश दिएको थियो ।

आदेश पछि प्रहरीले जवरजस्ती करणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान अगाडी बढाएको थियो । किशोरीले आत्म हत्या गर्नु अघि आत्म हत्या गर्नु पर्ने कारण बारे लेखेको प्रमाणहरु फेला पर्दा पनि प्रहरीले कारवाही गर्न मानेको
थिए ।

मृतकका परिवारले प्रहरीलाई कारवाही गरेरै छाड्ने विषय निरन्तर पहल गरेपछि अदालतले मृतकलाई न्याय दिलाउने प्रयास गरेको हो । मुद्दामा खुलाएको ब्यहोरा अनुसार सुरक्षा निकायमा काम गने बाँके महादेवपुरीका प्रेम भन्ने पित बहादुर ऐरीले किशोरीलाई मर्न बाध्य बनाएको आरोप लगाइएको छ । विहे गर्ने आश्वासनमा बारम्बार यौन शोषण गर्ने गरेको पीडित किशोलीले लेखेको सुसाईट नोट बरामद भएपछि मृतक परिवारले न्यायका लागि पहल थालेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया