अदृश्य घाउ

कथा

ऋचा लुइटेल

शान्ति शर्मा भर्खर बत्तिस मात्र टेकेकी छिन् ।देख्दै लोभलाग्दो उनको मुखाकृति ,चम्किला आँखा, आकर्षक र कामुक व्यक्तित्व पुष्ट मिलेको जिउडाल जे लाएपनि कस्तो सुहाँउछ । बोली वचन पनि कति मिठो कस्तो सभ्यता कस्तो शिष्टता सवै संग सवै गुण कहाँ हुन्छ र तर सर्बगुण सम्पन्न छिन शान्ति फुर्सदमै बनाएहुन भगवानले शान्ति लाई रुपवति, गुणवति, शिलवति सवै उपमा उनकै लागि सुहाँउछ । आत्मिय सहयोगी पन छ उनमा ,जहाँ जस्तो आइपरेपनि अघि सर्छिन अपरिचित लाग्ने जस्तो सुकै व्यक्ति उनका सामु आत्मिय बनि हाल्छन् । हसिली फराशिली मिजाशिली शान्ति शर्मा सवै का लागी प्रिय छिन् ।
पूर्वी पहाडबाट जागिरको शिलशिलामा बिगत सात बर्ष देखि मेरो घर नजिकै डेरा लिएर बसेकी शान्ति संग मेरो कुनै पारिवारिक नाता छैन् । कुनै सम्बन्धहरुमा हामी गाँसिएर आफ्ना भएका पनि हैनौ । नत हामी बाल्यकालका मित्र नै हौ । तर पनि उनि आफ्नी लाग्छ मलाई । खै उनले मेरा बारेमा कस्तो धारणा बनाएकी छिन् । उनको मन भित्र चियाउन नसकेपनि उनको आँखामा म प्रति मित्रताको याचना प्रष्ट झल्किएको पाएकी छु मैले । त्यसैले हाम्रो सम्बन्ध मित्रवत छ अहिले सम्म ।

शान्तिका श्रीमान लोकेश शर्मा पैतिसौ बसन्तको उकालो चढ्दै छन् । देख्नमा शान्ति भन्दा कम छैनन् उनि । विगत सात वर्षको दौरानमा बिहानीको सुर्योदय संगै डेरा छोडने उनि रात नछिप्पिदासम्म डेरामा फर्केको थाहा छैन । उनि संग मेरो खासै देख भेट पनि हँुदैन् । सम्वाद पनि हँुदैन । सायद बोल्ने बिषय र प्रसंग नै नभएर होला कुशल मंगलको औपचारिकता बाहेक मैले लोकेश संग थपेर केही बोल्नै परेको छैन । मैले घर बनाउनु अघि हाम्रो डेरा एउटै घरमा भएकोले हामीले एउटै छाना मुनि लामा लामा रातहरु क्mाँटेका छौ । तर ति अवधिहरुमा शान्ति र केटाकेटीहरुलाई हप्काउनु बाहेक उनको पारिवारिक उपस्थिति शुन्य देखेकी छु मैले । जागिरको शिलशिलामा बाहिर हिडिरहनु पर्ने लोकेशले परिवार संग भन्दा बाहिरै धेरै समय बिताउनु उनको बाध्यता या रहर खुट्याउन मलाई बर्षो लागेको छ ।

हरेक शनिबार उनका र मेरा केटा केटी मिसिएर खेल्छन् । हाँस्छन्, रमाउछन् , झगडा गर्छन् रुन्छन् अनि फेरी मिल्छन । केटा केटीको झगडाले हाम्रो मन कहिल्यै अमिलो बनाएको छैन । शान्तिको छोरो अलि जिद्धी छ तर पनि उसको जिद्धीस्वभाव लाई आँखा चिम्लिदिन्छन् अरु केटा केटीहरुले छोरी शान्त छे, नम्र छे धेरै बोल्दिन । यो त खै अन्र्तमुखी हुन्छेकी क्या हो आफ्नी छोरीको वर्तमान हेरेर बेला बेला शान्ति भविष्यवाणी गर्छिन् । शनिवार बाहेक बोलचाल सम्म पनि मुस्किल हुन्छ हाम्रा लागी । हामी एक अर्काका आँखा राम्ररी पढन सक्ने भएका छौ । हाम्रो बेफुर्सदिलो क्षणको साक्षी बनेर हाम्रा आँखाहरुले निर्वाध सम्बाद गरिरहेका हुन्छन् ।

शान्तिलाई जिन्दगी चलाउन भ्याई–नभ्याई छ । कोठा, बच्चा, जागीर, श्रीमान उनि एक्लैलाई भ्याउन सजिलो छैन । तर भ्याएकै छिन उनले आँटिली, शाहसिली र फुर्तिली हुनुको फाइदा यही त होला । लोकेश शान्तिलाई मेशिन बनाउन चाहन्छ उनि बनिदिएकी छिन् । लोकेश जागिरे छ । मनग्य कमाउँछ । त्यसले पुगेको छैन् उनीहरुलाई । त्यसैेले त कलिला बच्चा डेरामा एक्लै छोडेर पैसा कमाउनु पर्ने बाध्यता छ शान्ति संग ।

आलमारीमा धोएर राखीदिएका मोजासम्म निकालेर लगाउन सक्तैन लोकेश शान्तिले हातैमा थमाउनु पर्छ हरेक दिन । लुगा धुनु, खाना पकाउनु, लोग्नेको इच्छा र आवश्यकता उनले धर्म ठानेकी छिन् । लोग्नेको काम गर्न पाउनु भाग्य ठानेकी छिन उनले शान्तिले जय जन्म माछा मासुको संसर्ग मन पराइनन् । छोरा छोरीले पनि पटक्कै रुचि राखेनन् तर लोकेशका प्लेटमा सधैे चार टुकुरा मासु अनिवार्य छ । खाना खादा जिब्रो पटकिनु पर्छ उनका लागि उनको जिब्रोले स्वाद चाँडै थाहा पाउछ । उनलाई शान्तिले पकाएको खाना मिठो कम नमिठो ज्यादा लाग्छ । तर उनलाई त्यो खाना कसरी पाक्छ थाहा छैन ।

हरेक महिनाको अन्ततिर लोकेश अत्यन्त मायालु बन्छन् । अनि शान्तिलाई भन्छन् । शान्ति मेरो आधी मुटु तिम्रै पोल्टामा राखीदिएको छु । तिम्रो धुकधुकीले मेरो मुटु चल्छ । तिम्रो दृष्टिले म हेर्छु । अनि तिम्रो सोचले म निर्णय गर्छु । दिन कोल्टे फेर्न नपाउदै लोकेशका आवश्यकताहरुको चाङ ठूलो बनिसकेको हुन्छ । लोग्नेको अभाब आफ्नै लाग्छ शान्ति लाई । कडाईमा तेल सिद्धिन्छ । घरभेटीले घरभाडाको लागी कोठा चिहाउन थाल्छन् । डिब्बाहरु रित्ता हुन्छन् । रित्ता भाडाहरु भर्दा भर्दे उसका महिनाभरीका पसिनाहरु खाली डिब्बाभित्र कैद हुन्छन् । क्रमश ति डिब्बाहरु अर्को महिना नबितुन्जेल सम्म भोक मिठो की भोजन एक अर्कालाई गिज्याई रहन्छन् ।
उनका विचारहरु, रहरहरु, आवश्यकताहरु लोकेशका निम्ति गौण बनिदिन्छन् । बेमेल सम्बन्धहरुको वुइ चढेर जीवनको यात्रा कति दिन हिड्न सकिन्छ । मैले सोच्न नसके पनि शान्तिले हिडनु छ जसो तसो सिउँदोको सिन्दुर जतन गरेर गलामा पोते झुण्ड्याएर हातका चुराहरु बजाउदै सौभाग्यवति बनिरहनु छ शान्तिले ।
छोरा छोरी ठूला होलान् मेरा पनि दिन फिर्लान उनी सन्तानको आशमा कोलाहलमय विशाल शंघर्ष गरिरहेकी छिन् । चुलेसीको धारमा उनको मन बारम्बार रेटिएको छ । समय संग बाँच्न जानिनन् उनले । लोग्नेका चाहनालाई आफ्ना चाहना बनाउ“दा बनाउ“दै आफ्नो जिन्दगी रित्तिएको पत्तै पाएकी छैनन् उनले । निदाउने र ब्युँझने समयको विशाल अन्तरलाई उनले साँघुरो पारिदिएकी छिन् । अहोरात्र आफुलाई जोतिरहेकी छिन् ।

छोरी अली ठूली छे । सातबर्ष की भई अहिले, गिलासमा पानी सम्म सारेर खान सक्छे । त्यति झगडा पनि गर्दिन छोरी । छोरो यसवर्ष देखि स्कुल जान थालेको छ । छोरोलाई आफै स्कुल नपु¥याएसम्म स्कुलै जान मान्दैन् । छोरो सारै जिद्धी छ । आमा भनेपछि भुतुक्कै हुन्छ । छोरो काखी च्यापेर स्कुल पु¥याउन आफै पुग्छिन । छोरा छोरी खुशी देखेपछि आमाको कलेजोलाई अलिकति शान्ति मिल्छ । उनी फुरुङ्ग हुन्छिन् । उनले साना–साना खुशीहरु संग रमाउदै बोझिलो मनलाई हलुका बनाउन सिकेकी छिन् ।

शान्तिका श्रीमान आफ्नै पाराका छन् । उनी श्रीमान सर्बज्ञ जस्ता उनले नजानेको नगरेको र न देखेको केही छैन । जुवातास देखि रक्सी चुरोटसम्म उनको प्रिय छ । म शान्ति संग बेला –बेला उनको तितो सम्बन्धका बारेमा जिज्ञासा राख्छु । उनी मायालु पाराले भन्ने गर्छिन् हामी त केटा केटी देखीका साथी पो हौ त । हामीले एउटै आँगन खेलेका एउटै पधेरोको पानी खाँदै स्कुल देखि कलेज भ्याएका । सारै मिल्थ्यौ हामी । हामी सारै मिलेको देखेर बा आमाले हाम्रो बिहे गरिदिनुभएको हो । हेर्दा हेर्दे उनि मालिक भए म शेवक फरक यत्तिमात्र हो बोल्दा बोल्दै शान्तिको गला अबरुद्ध हुन्छ । न उनले बाबु आमा प्रति गुनासो गरेकी छिन् । न लोकेश संग उनलाई आफ्नैे भाग्य कमजोर भएकोमा आफै प्रति गुनासो छ ।

त्यस्तो मान्छे अचेल किन यस्तो त मलाई अदृश्य पिरले च्याप्छ । खै मैले पनि बुझ्न सकेकी छैन् । उनी आत्मिय बन्छिन् । उनको आत्मियतामा लाखौ वर्षका पिरहरु लुकेका छन् मैले राम्ररी देखेकी छु तर लोकेशले देखेर पनि नदेखे जस्तो, सुनेरपनि नसुने जस्तो अभिनय गरिरहेका छन् । लोकेशलाई न कर्तव्यले तानेको छ ।न जिम्मेवारीले उनि आफ्नै पाराले आफ्नै दुनियामा आफ्नै लागि रमाइरहेका छन् ।
हरेक एकादशीको ब्रत बस्छिन् । साउने सोमबार त झन उनका लागि छुटनै हु“दैन । तिर्थ ब्रत, धर्म कर्म कहि चुकेकी छैनन् । उनी तिज प्रति बिशिष्ट आस्था छ उनको तर लोकेशको मन कुनै ब्रत कुनै तिर्थले पगाल्न सकेको छैन । लोकेशले आफ्ना लागि अर्के संसार बनाएका छन् । उनी अबेला सम्म हराउनुको गन्ध टोलभरी फैलिएको छ । अर्की शान्तिहरुको जिन्दगीलाई मिठो मानी मानी स्वाँद चाखिरहेको छर्लङ्ग भएको छ । उनको यो शिलशिला थामिएर शान्तिले भरोशाको ओत पाउने कुरामा भर गर्न सक्ने आधारहरु कमजोर छन् ।
बिषम परिस्थिति लाई टेकेर उभिएकी शान्तिले अझै यस्ता अप्ठ्यारा, असजिला र बिषम परिस्थितिहरु क्mति व्यहोर्नु पर्ने हो । जीवनलाई सक्रिय तुल्याउदै उनले लोकेशलाई खुशी बनाउन कति योगदान दिनुपर्ने हो उनको त्याग, समर्पण, उत्सर्गले बचाएको जीवन लाई शान्ति एक्लैले कहिले सम्म सम्हाल्न सक्छिन् ।
मान्छे यति धेरै सोझो पनि हुनु हुदैन् । मलाई शान्तिको बेस्सरी माया लागेर आउछ । शान्ति सपनामा बाँचेकी छिन् । विश्वासमा चुर्लम्म डुबेकी छिन् । कल्पना उरालेर आँखा चिम्लिदै मुसुक्क हाँसेकी छिन्।उनले आफुलाई भुलेर आशा निराशा दुबैलाई अंगालो हालिरहेकी छिन् । शान्तिले हिड्दा– हिड्दै जीवन खोजिरहेकी छिन् । विश्वाशको पर्खाल चिहाउदा–चिहाउदै हरेक परिश्थिति लाई छामीरहेकी छिन् । उनी आफ्ना लागि कहिले बोल्ने हुन्छिन । मलाई त्यो दिनको प्रतिक्षा छ ।

प्रतिक्रिया

प्रतिक्रिया