नेपालगन्ज -बाँकेको नेपालगन्जमा उर्दू साहित्यकारको आयोजनामा गजल गोष्ठीको सम्पन्न भएको छ ।
गुल्जारे अदब बाँकेले नेपालगन्जको महेन्द्र पुस्तकालयमा असो २५ गते शनिवार गजल गोष्ठीको आयोजनामा अवधी र उर्दू साहित्यकारद्वारा गजल प्रस्तुत गरिएको थियो ।
वरिष्ठ साहित्यकार तथा अवधी साँस्कृतिक विकास परिषदका अध्यक्ष सच्चिदानन्द चौबेको अध्यक्षमा सम्पन्न भएको गजल गोष्ठीमा कार्यक्रमको संचालन गुल्जारे अदबका सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी गर्नुभएको थियो ।
यसरी गजल गोष्ठीमा गुल्जारे अदबका अध्यक्ष तथा वरिष्ठ उर्दू साहित्यकार हाजी अब्दुल लतीफ शौक, सभाध्यक्ष तथा साँस्कृतिक बिकास परिषदका अध्यक्ष सच्चिदानन्द चौबे, असफाक रसूल हाशमी, सचिव मोहम्मद मुस्तफा अहसन कुरैशी, वरिष्ठ चित्रकार तथा कलाकार, गायक श्यामानन्द सिंह, जमील हाशमी, यूसुफ आरफी, अन्सर नेपाली लगायतले “मञ्जिल जो बनाते हैं चाँद और सितारों में ” मिश्ररामा आ–आफ्ना रचना वाचन गरेका थिए । हरेक महिनाको अन्तिम शनिवारका दिन यसरी गजल गोष्ठीको आयोजना महेन्द्र पुस्तकालय नेपालगन्जमा प्राय गर्ने गरिन्छ ।