नेपालगन्ज – गायक , संगितकार तथा संचारकर्मी प्रमोद डिजीको ‘छोडी जानु रैछ’ बोलको आधुनिक गित बजारमा आएको छ । चर्चित गायक टंक तिमिल्सिनाको शब्द संगितमा रहेको उक्त गीतमा आवाज प्रमोद डिजीको आफ्नै रहेको छ । साथै फिमेल भर्जनमा अन्जु पन्तको आवाजमा रहेको छ ।
लामो समय देखि कलाकारिता क्षेत्रमा लागेका प्रमोद डिजीका थुप्रै उत्कृष्ट गीतहरु बजारमा आईसकेका छन ।यस गीतमा लामो समय देखि संघर्षरत र पछिल्लो समय ब्यस्त र मेहेनती निर्देशक नवराज सुबेदीको निर्देशन रहेको छ ।
गितको भिडियोको छायाकंन तथा सम्पादन आर रामु चौधरीले गरेका छन् भने अभिनय राजेश बुढाथोकी बिसी,शिवानी गौतम र रोहित खड्का को रहेको छ । यस बाट धेरै राम्रो अनुभव बटुलेको कुरा पनि राजेश शिवानी र रोहितले बताएका छन ।
गित तथा भिडियो सबै किसिमले राम्रो बनेको निर्देशक नवराज सुबेदीले बताएका छन् , ‘हामीले सक्दो प्रयास र मेहेनत गरेका छौ गित हजुरहरुले मन पराई दिनु हुने छ भन्ने आशाका साथ आफुहरु ढुक्क रहेको र माया गरिदिन हुन म्युजिक भिडियाका सम्पुर्ण टीमले आग्रह पनि गरेका छन् ।’
भिडियो :