कविन्द्र भट्टराईको मुुटुभरी माया

प्रगतिशिल कवि, गीतकार कविन्द्र भट्टराईले मनछुने राष्ट्रिय गीत ‘मुटुभरी सगरमाथा’लाई बजारमा ल्याएका छन् । आधुनिक गीतमा चर्चा कमाइसकेका राज सिग्देलको स्वरमा बजारमा आएको मुटुभरी सगरमाथालाई छोटै समयमा दर्शक, स्रोताले रुचाएको गीतकार भट्टराईले प्रतिक्रिया दिए ।

 
प्रभात सुवेदीले संगीत दिएको राष्ट्रिय गीत मुटुभरी सगरमाथालाई काठमाडौंदेखि नेपालगन्जहुँदै कर्णाली पुलसम्मका भुगोललाई समेटेर तयार गरिएको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक छ । ‘नालापानीदेखि काठमाडौं धर्मस्थलीसम्मको स्थानलाई छायांकन गरिएको छ,’ गीतकार भट्टराईले दैनिक नेपालगन्जसँग भने, ‘बागेश्वरी मन्दिरलाई पनि म्युजिक भिडियोमा स्थान राखिएको छ ।’

 
राकेश वली, प्रभात सुवेदी, मुना ओली, शौरभ भट्टराई, प्रितिका चौधरीदेखि चन्द्र शर्माले अभिनय गरेको मुुटुभरी सगरमाथामा गायक राज सिग्देलदेखि गीतकार कविन्द्र भट्टराई आफै पनि म्युजिक भिडियोमा देखिएका छन् । ‘पश्चिमका लागि आफ्नै मौलिक लाग्ने शब्द, संगीत र दृश्य बाहिरका लागि पनि उत्तिकै अपनत्व देखिन्छ’, गीतकार भट्टराईले भने । ‘मुटुभरी सगरमाथा शिर बनिरहेको छ, तनभरी मेचीकाली रगतसरी बहेको छ’ हरेक नेपालीलाई देशभक्ति जगाउनु नै यो गीतको उद्देश्य भएको भट्टराईले गीतको पंक्ति सुनाउँदै भने, ‘बाँकी तपाई मुटुभरी सगरमाथा हरेर, सुनेरै थाहा पाउनु हुनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया