मिस नेपाल अस्मि श्रेष्ठ नेपालगन्जमा

नेपालगन्जमा २९ चैत्रमा हुने मिस नेपाल २०१७ को छनौट प्रक्रियाका लागि मिस नेपाल २०१६ अस्मि श्रेष्ठ नेपालगन्ज आइपुगेकि छन् ।
मिस नेपाल २०१७ का आयोजक हिडन टेजर प्रालिले देशका विभिन्न शहरहरुबाट प्रतियोगि छान्ने उद्देश्यले नेपालगन्जमा छनौट प्रक्रिया गर्न लागिएको जनाएको छ । प्रालिका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले नेपालगन्ज लगायत धरान, विराटनगर, चितवन, पोखरा, धनगढि लगायतका शहरहरुमा पनि छनौट प्रक्रिया गर्ने बताए ।
छनौट प्रतियोगिताका लागि उपत्यका भन्दा बाहिरका युवतीहरु उत्साहित रहेको आफुले पाएको मिस नेपाल २०१६ अस्मि श्रेष्ठले बताइन् । मिस नेपालको उपाधिले आफ्नो जीवनमा नयाँ मोड आएको उनले बताइन् ।
नेपालगन्जमा छनौटमा छानिएकाहरुले २९ जेठमा काठमाडौंमा हुने मिस नेपाल २०१७ प्रतियोगितामा सहभागि हुनेछन् । मिस नेपाल विजेताले नगद १ लाख सहित विभिन्न पुरस्कारहरु प्राप्त गर्ने जानकारी आयोजकले दिएको छ ।
नेपालगन्जको छनौट प्रक्रियाको संयोजन नेपालगन्ज जेसिसले गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया