‘थरुहट भरि सार्वजनिक सूचना, वडापत्र थारु भाषामा लेखिनुपर्ने’

थरुहट भरि सार्वजनिक सूचना, वडापत्र थारु भाषामा लेख्नका लागि दबाव दिने लगायतका ८ बुँदे घोषणापत्र जारी गर्दै थारु साहित्यक मेला कैलालीको धनगढि पटेलामा सम्पन्न भएको छ ।

घोषणापत्रमा थारु भाषामा प्राथमिक शिक्षाको पठनपाठन, प्रज्ञा प्रतिष्ठान लगायतका सरकारी निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वका लागि दबाव, थारु साहित्यकारहरुको क्षमता अभिवृद्धि, थारु साहित्य, संस्कृति र इतिहासको अध्ययन, अन्वेषणमा राज्यको लगानीका लागि दबाव लगायत रहेको छ ।

मेला थारु लेखक संघको आयोजनामा गत चैत्र १९ र २० गते सम्पन्न भएको हो । थारु साहित्यमा महिला लेखन, साहित्य चिन्तन र थरुहट आन्दोलन, थारु भाषामा प्राथमिक शिक्षा पठनपाठन लगायतका विषयहरुमा अन्तरसंवाद गरिएको थियो । भाषाविद पदम राइले थारु भाषाको मानकताबारे प्रशिक्षण दिनुभएको मेलामा विभिन्न विधाका छ पुस्तकहरु विमोचन गरिएको थियो ।

थारु साहित्यिक मेलाको आगामी श्रृखंला बर्दियाको राजापुरमा गर्ने निर्णय भएको जानकारी थारु लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारीले दिनुभयो । मेलामा थारु भाषामा कलम चलाइरहेका साहित्यकार, अधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया