धनगढी – कैलाली जिल्ला फुटबल संघ केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । आज धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनलमा नेपाल खेलकुद पत्रकार मञ्चलाई २—१ ले हराउँदै फुटबल संघ उपाधि नजिक पुगेकोे हो । फुटबल संघका लागि रगवेन्द्र कार्की र डवल थापाले एक एक गोल गरे । पत्रकार मञ्चका सन्तोष रावतले एक गोल फर्काए ।
त्यस्तै दोस्रो सेमिफाईनल भने वरावरीमा सकिएपछि नतिजामा पुग्न सकेन् । कैलाली उद्योग वाणिज्य संघ र वैंकर्स क्लब धनगढीले ३—३ को वराबरी खेलेपछि सेमिफाईनलको नतिजा अनिश्चित बनेको छ । पेनाल्टी राति भएपछि नतिजा नआएको हो । यसको विषयमा आयोजकले गरेको निर्णय मान्ने दुवै टीमले बताएका छन् ।
नैनादेवी युवा क्लबको आयोजनामा भईरहेको केटिएम वाईक अन्तर संघ फुटबल प्रतियोगिताको विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजार सहित टफी र मेडल पाउनेछन् । प्रतियोगितामा विभिन्न संघ संस्थाका आठ टीमको सहभागीता रहेको थियो । प्रतियोगिताको फाईनल पनि भोली नै हुने आयोजक नैनादेवी युवा क्लबका अध्यक्ष जितेन्द्र वोगटीले बताए ।