‘राजनीतिले डुबायो खेल’

‘खेलकुद टिममा पनि पार्टीका कोटा लागु गरिदिए हुन्छ, कुन पार्टीबाट कतिजना’, राष्ट्रिय महिला क्रिकेटकी उपकप्तानको जिम्मेवारी सम्हालिसकेकी खेलाडी ममता थापाले मंगलबार एउटा कार्यक्रममा भनिन् । उनले नेपाली क्रिकेटमा व्याप्त बेथिति प्रति प्रहार गर्दै बोलिरहदा गुनासो थियो, मलाई किन उपकप्तानबाट हटाइयो अहिलेसम्म थाहा पाउन सकेकी छैन ।

नेपालगन्ज महोत्सवका क्रममा भैरहेका संवाद बीच मंगलबार ‘खेलकुद र राजनीति’ सत्रको प्रारम्भमै पत्रकार प्रकाश तिमिल्सिनाले पछिल्लो दुई दशकयता राजनीतिले खेलकुदलाई ध्वस्त पारेको टिप्पणी गरे । ‘भौतिक पूर्वाधार जीर्ण भैसकेका छन्, प्रशिक्षक तयार हुन सकेका छैनन्’, खेल पत्रकार तिमिल्सिनाले भने, ‘यो पाराबाट अब खेलकुद
चल्दैन ।’

खेलाडी ममता थापासगै नेपालमा महिला क्रिकेटको बिजारोपण गर्ने नेपाली क्रिकेटका पूर्व कप्तान एलबी क्षेत्री नेपाली खेलकुदलाई राजनीतिले नराम्ररी गालेकोमा चिन्ता व्यक्त गर्दै थिए । ‘नीतिगत सुधार नभएसम्म खेलकुदको विकास सम्भव छैन’, क्षेत्रीले संवादमा खेलकुद ऐनमा व्यापक बहस गरेर सुधार गर्न जोड दिंदै भने ।

मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले खेलकुदमा राजनीतिस“गै क्षेत्रीयताको विभेदले अपेक्षित विकासमा बाधा पुगेको अनुभव सुनाए । ‘त्यसबाट हामी पीडित छौं’, अध्यक्ष ओलीले बजेटको ठूलो हिस्सा काठमाडौं र त्यसको सेरोफेरो भन्दा बाहिर नआउने गरेको सुनाउ“दै भने ।

नेपाली खेलकुदलाई नियमन गर्दै आएको निकाय, राष्ट्रिय खेलकुद परिषद्का सदस्य विनोद मैनाली सबैका कुरा सुनिरहदा सहमति मात्र जनाएनन्, एक कदम अगाडी बढ्दै भने, ‘नेपाली खेलकुदमा राजनीतिले पटक्कै राम्रो
गरेन ।’ सहभागीहरु बीच खेलकुद र राजनीतिमा व्याप्त समस्याको चर्चा गरिएको थियो ।

क्रियटिभ ह्याण्ड्सको आयोजनामा गत शुक्रबारदेखि चलिरहेको नेपालगन्ज महोत्सवको पा“चौं दिन संवादका विभिन्न कार्यक्रमहरु गरिएका छन् । राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता मोहना अन्सारी र वरिष्ठ आख्यानकार नयनराज पाण्डे बीच मोफसल र मधेसको राजधानीस“गका संघर्ष बारे चर्चा गरिए । वरिष्ठ पत्रकार, लेखक नारायण वाग्लेले आफ्नो पत्रकारिताका २५ बर्षका अनुभव सुनाए ।

मदन पुरस्कार विजेता अमर न्यौपाने, महेश विक्रम शाह र नारायण वाग्ले बीच सिर्जना र पुरस्कारका विषयमा कवि केशव सिग्देलले संवाद गरे । कार्यक्रम बीच साहित्यकार भीष्म उप्रेतिको उपन्यास पाइलापाइलामा विमोचन पनि गरिएको छ । आज बुधबारदेखि अन्तर्राष्ट्रिय फिल्म भेष्टिबल सुरु हुने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया