खजुरामा सुरु भो सेतु विक कप क्रिकेट

बाकेको खजुरामा १३औं सहिद सेतु विक स्मृतिक क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
शुक्रबार भएको उद्घाटन खेलमा न्यू दर्पण युवा क्लब इ गाउ“ ए विजयी भएको छ । न्यू दर्पणले ओम शान्ति स्पोर्टस् क्लबलाई हराएको हो ।

पहिले ब्याटिङ्ग गरेको न्यू दर्पणले १ सय ४९ रन बनाएको थियो । १ सय ५० रनको विजयी लक्ष्य लिएर मैदान छिरेको ओम शान्ति स्पोर्टस् क्लब ५० रनमै समेटियो । प्रतियोगितामा म्याद अफ द म्याच एम श्रेष्ठ भएको आयोजकले जानकारी दिएका छन् ।
त्यसअघि सहिद सेतु विकको जन्मस्थल खजुरा गाउ“पालिका–४ इ गाउमा बाँके क्षेत्र नम्बर ४ का सांसद दल बहादुर सुनारले प्रतियोगिताको उद्घाटन गरेका थिए । त्यसक्रममा सांसद सुनारले क्लबका लागि दुइ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
आयोजक न्यु दर्पण युवा समुहका अध्यक्ष दल बहादुर बिसिले प्रतियोगितामा १५ क्लबको सहभागिता रहेको जानकारी दिए । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले ग्रामिण क्षेत्रमा भएको प्रतियोगिता जिल्लाबासीका लागि गौरव भएको बताए ।
क्लबका सचिव भोला मल्लका अनुसार प्रतियोगितामा प्रथमले नगद ५० हजार ५०० र दोस्रो हुनेले २५ हजार २५० रुपिया पाउने छन् । उद्घाटनमा सहिद सेतुका पति शेर बहादुर बिसी, नेपाल क्यान्सर अस्पतालका अध्यक्ष किस्मत कक्षपति, एमाले नेता सतिश निरौला, एकमाया विक, देवराम बिसी, झक बहादुर पौडेल, नेपाली काग्रेसका प्रेम बिसी, जिल्ला खेलकुद विकास समितिका सदस्य तिलक वीर सुनार लगायत उपस्थित थिए ।

 

प्रतिक्रिया

प्रतिक्रिया