सुनको मूल्यमा मंगलबार पनि नयाँ उचाइ, प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ

मंगलबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रमलाई निरन्तरता दिएको छ।

अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँ तोकिएको छ।

यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य निरन्तर नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव आन्तरिक बजारमा समेत परेको देखिएको छ।

त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन प्रतितोला ५ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज ७० रुपैयाँले बढेर ५ हजार ८८० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

प्रतिक्रिया