लोकतान्त्रिक गठबन्धन घरदैलोमै ब्यस्त

नेपालगन्ज, मंसिर ८

चुनावी अभियान सशक्त रुपले अगाडी बढाएको लोकतान्त्रिक गठबन्धनले शुक्रबार बिहान बाँकेका विभिन्न ठाउँमा घरदैलो गरेको छ । चुनाव नजिक आइसकेकाले मतदाता भेटघाटलाई उम्मेदवारले तिब्र पारेका हुन् । लोकतान्त्रिक गठबन्धनले क्षेत्र नम्बर १ अन्र्तगत कोहलपुर नगरपािलकाको वडा नम्बर ६ रझेनामा घरदैलो गरेको छ ।

 
सो क्रममा प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार माधबराम खत्री र प्रदेश सभा–१ ‘ख’ का उम्मेदवार नारायणप्रसाद गौडेल, नेपाली काँगे्रेस र राप्रपाका नेता, कार्यकर्ता सहभागि भएका थिए । यस्तै प्रदेश सभा–१ ‘क’ का उम्मेदवार सरदचन्द्र बर्माले बिहान नरैनापुरका विभिन्न गाउँमा घरदैलो गरेका छन् । घरदैलोमा स्थानीय स्तरका काँग्रेस र राप्रपाका नेता, कार्यकर्ता सहभागी भएका थिए ।

 
यस्तै क्षेत्र नम्बर २ मा लोकतान्त्रिक गठबन्धनले कम्दी, पुरैनी र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ मा बिहान घरदैलो गरेको छ । कम्दी र पुरैनीमा गरिएको घरदैलोमा प्रतिनिधी सभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा–२ ‘क’ का उम्मेदवार निरन्जनसिंह सिजापती, राप्रपा र नेपाली काँग्रेसका नेता, कार्यकर्ता सहभागी भएका थिए । यता नेपालगन्ज–११ मा भएको घरदैलोमा प्रतिनिधी सभा–२ का उम्मेदवार आजाद, प्रदेश सभा–२ ‘ख’ का उम्मेदवार सुरेन्द्र हमाल सहभागी भएका थिए । घरदैलोका क्रममा मतदाताहरुले लोकतान्त्रिक शक्तिलाई भोट दिने बताएका छन् ।

 

 

सो क्रममा उपस्थित उम्मेदवारले लोकतन्त्रको रक्षा र समृद्धिका लागी भोट दिन आग्रह गरेका थिए ।
उता क्षेत्र नम्बर ३ मा पनि लोकतान्त्रिक गठबन्धनले बिहान विभिन्न ठाउँमा घरदैलो गरेको छ । प्रतिनिधी सभा–३ का उम्मेदवार बादसा कुर्मी, प्रदेश सभा–३ ‘क’ का चन्तराम थारु र प्रदेश सभा–३ ‘ख’ उम्मेदवार लक्ष्मीनारायण शाह विभिन्न ठाउमा घरदैलोमा व्यस्त भएको निर्वाचन परिचालन समितिले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया