मोर्चाको निर्णय चुनावी हतियार मात्रै हो : मन्त्री केसी

घोषित मितिमै निर्वाचन

सहरी विकासमन्त्री अर्जुनरसिंह केसीले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकलाई सिधै अस्विकार गर्ने मधेशी मोर्चाको निर्णय चुनावको लागि बार्गेनिङ् गर्ने मसला भएको आरोप लगाएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री केसीले मधेशी मोर्चासँगको सहमतिमै सरकारले नयाँ संशोधन विद्येयक ल्याएको जिकिर गर्दै भने,‘मोर्चाका नेताहरुसँगको सहमतिमै सरकारले प्रस्ताव ल्याएको हो, अब उहाँले यो प्रस्तावलाई अस्विकार गर्ने निर्णय गर्नुभएको खबर आयो, यो उहाँहरुको लागि चुनावमा जाने बार्गेनिङ् अथवा मसला हो, यही निर्णयलाई उहाँहरुले चुनावी हतियार बनाएर निर्वाचनमा जानुहुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री केसीले व्यक्तिगत रुपमा आफूलेपनि मोर्चाका एक एक नेताहरुसँग संशोधन प्रस्तावबारे कुराकानी गरेको दाबी गरे । उनले भने,‘उहाँहरु पनि निर्वाचनमा आउनुहुन्छ, मोर्चा निर्वाचनमा सहभागी हुन्छ ।’

उनले घोषित मितिमै निर्वाचन हुनेमा कुनै शंका नगर्न समेत आग्रह गरे । उनले भने,‘निर्वाचन हुन्छ, तर यदि भन्ने छैन ।’ यद्धपी उनले दुई चरणमा निर्वाचन गर्ने भन्नेबारेमा भने कुराकानी भैरहेको जानकारी दिए । कसैले विथोलेर निर्वाचन नबिथोलिने समेत जिकिर गरे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले सरकारले ल्याएको संशोधन विद्येयक अस्विकार गर्ने मोर्चाको निर्णयलाई निहँु खोज्ने प्रवृत्तिको संज्ञा दिए ।

मोर्चाले जे निर्णय गरेपनि घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने खनालको दाबी थियो । उनले भने,‘तोकिएकै मितिमा चुनाव हुन्छ, मधेशमा पनि चुनाव हुन्छ ।’ उनले अझैपनि ठाउँ छ भने मोर्चाले आफ्नो निर्णयलाई पूर्नविचार गर्नुपर्ने स्पष्ट पारे ।

मधेशी मोर्चाका नेता अनिल झाले नयाँ संशोधन विद्येयकले मोर्चाका मागहरु सम्बोधन नगर्ने भएकोले मोर्चाले प्रस्ताव अस्विकार गर्ने निर्णय गरिसकेको बताए । उनले भने,‘संविधान संशोधन नभएसम्म हामी निर्वाचन भाग लिँदैनौं ।’

उनले नयाँ संशोधन प्रस्ताव मोर्चाको सहमतिमा डा«फ्ट नभएको जिकिर गरे । उनले भने,‘मोर्चासँग यो प्रस्तावबारे कुनै सहमति भएको छैन, यदि व्यक्तिगत रुपमा कसैसँग भएको हो भने सरकारले यो नेतासँग कुरा भएको थियो भनेर भनिदिनुपर्यो नि।’

झाले मोर्चाले निर्वाचनको विरोधमा आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको जनाउँदै भने,‘चैत ३१ गते मधेशका सबै जिल्लाहरुको सदरमुकमामा जुलुस प्रर्दशन गर्ने निर्णय भएको छ, त्यस्तै ०७४ बैशाख ३ गते जिल्लास्थित् निर्वाचन कार्यालय घेराउ गर्ने निर्णय गरेको छ।’ त्यसपछि आन्दोलनका थप कार्यक्रमहरु समेत सार्वजनिक गरेर जाने निर्णय भएको उनले जनाए ।

प्रतिक्रिया

प्रतिक्रिया