
डडेलधुरामा नेपाली कांग्रेसका तर्फबाट नैनसिंह महर उम्मेदवार बन्ने भएका छन्।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यसपटक प्रतिनिधि सभा निर्वाचन नलड्ने निर्णय गरेपछि महरले टिकट पाएका हुन्। कांग्रेस संसदीय बोर्डको बैठकले महरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
महर कांग्रेसमा देउवा पक्षका नेता मानिन्छन्। उनी नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष तथा हाल कांग्रेसका केन्द्रीय सदस्य हुन्।
२०४८ सालदेखि डडेलधुराबाट कांग्रेसका उम्मेदवारका रूपमा शेरबहादुर देउवा निरन्तर चुनाव लड्दै आएका थिए र सबै निर्वाचन जित्दै आएका थिए। ३४ वर्षपछि डडेलधुरामा कांग्रेसले नयाँ उम्मेदवार अघि सारेको हो।











