ओली झापा–५ बाट प्रतिनिधिसभा उम्मेदवार, चुनावी चासो बढ्दो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवार बनेका छन्। शनिबार बसेको पार्टी सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाउँदै ओलीलाई सो क्षेत्रबाट उम्मेदवार बनाउने निर्णय गरेको हो। उपमहासचिव लेखराज भट्टले उक्त जानकारी दिएका छन्।

झापा क्षेत्र नम्बर ५ यसपटक विशेष चासोको क्षेत्र बनेको छ। रास्वपाबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सोही क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरिरहेको चर्चा चलिरहेका बेला ओलीको उम्मेदवारी सार्वजनिक भएको हो।

यसैबीच झापामा बालेन शाहको सचिवालय सञ्चालनका लागि घर भाडामा लिइएको र चुनावी गतिविधि क्रमशः बढ्दै गएको बताइएको छ। यी घटनाक्रमसँगै झापा–५ को निर्वाचनलाई राष्ट्रिय स्तरमा चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

प्रतिक्रिया