बाँकेमा ८ वर्षीय बालक १० दिनदेखि बेपत्ता, परिवारको हारगुहार

बाँके जिल्ला नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० गोसाइगाउँ निवासी आसा देवी शर्माका ८ वर्षीय छोरा विशाल शर्मा २०८२ साउन ६ गते बिहान करिब ४ बजेको समयमा आफ्नै घरबाट बेपत्ता भएका छन्।

सुतिरहेको अवस्थामा अचानक हराएका बालकको परिवारले आफन्त र स्थानीयको सहयोगमा विभिन्न ठाउँमा खोजतलास गरे पनि १० दिन बितिसक्दा पनि बालकको कुनै अत्तोपत्तो लाग्न सकेको छैन।

विशाल मानसिक रूपमा केही कमजोर रहेको बताइएको छ। यसअघि पनि उनी कहिलेकाहीँ हराएका थिए, तर आफैँ फर्किने गरेका थिए। तर यसपटक भने अवस्था गम्भीर बनेको छ र लामो समयसम्म पनि फेला नपरेपछि परिवार अत्यन्तै चिन्तित भएको छ।

हराएका बालकको गोरो गहुँगौर रंग, दुब्लो शरीर र करिब ८ वर्ष जति उमेर रहेको जनाइएको छ। बालक हराएको जानकारी प्रहरीलाई दिइएको छ र खोजी कार्य जारी रहेको भए पनि अहिलेसम्म फेला पार्न सकिएको छैन।

प्रतिक्रिया

प्रतिक्रिया