नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको चारदिने पत्रकार अभिमुखीकरण कार्यक्रम आज सम्पन्न

नेपाल पत्रकार महासंघ बाँके शाखाले आयोजना गरेको चारदिने पत्रकार अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ।

दुई फरक समूहमा सञ्चालित यस कार्यक्रममा कुल ८० जना पत्रकारहरुले सहभागिता जनाएका थिए।

कार्यक्रममा महासंघका महासचिव रामप्रसाद दाहाल र प्रशिक्षक केपी घिमिरेले मल्टीमिडिया पत्रकारिता, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिताका विषयमा गहन प्रशिक्षण प्रदान गर्नुभएको थियो।

कार्यक्रमका सहभागी पत्रकारहरुले प्राप्त ज्ञान र सीपले आफ्नो पेसागत क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। महासंघ बाँके शाखाले पत्रकारहरुको क्षमता विकासका लागि यस्ता तालिमहरु निरन्तर आयोजना गर्दै आएको अध्यक्ष नबिन गिरिले बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया