तीन स्थानबाट तीन शव फेला, प्रहरी अनुसन्धानमा

झापाका विभिन्न तीन स्थानमा बुधबार बिहान तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार अर्जुनधारा नगरपालिका–४ को मदनपुर जलाधर सडक, बिर्तामोड नगरपालिका–२ को फूलबारी टोल, र अर्जुनधारा–११ को नयाँबस्तीमा शव भेटिएका हुन्।प्रहरीका अनुसार अर्जुनधारा–४ मा भेटिएको व्यक्तिको परिचय खुल्न सकेको छैन।

बिर्तामोड–२ मा ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ मा ६० वर्षीय मित्रलाल कामी मृत अवस्थामा फेला परेका हुन्।

तीनवटै शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरी स्रोतले जनाएको छ। घटनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रतिक्रिया