सुस्तमनस्थित भएकी महिलालार्ई जबरजस्तीकरणीको आरोपमा युवक पक्राउ

सुस्तमनस्थित भएकी महिलालार्ई जबरजस्तीकरणी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–८ स्थित स्थायी घर भएका ४३ वर्षीया पोडे भनिने राजु नेपाली भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक ईन्द्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

  

उहाँका अनुसार पालुङटार नगरपालिका – ८ स्थायी घर भएकी सुस्तमनस्थित भएकी नाम परिवर्तीत ३३ वर्षीया ध कुमारीलाई डर–त्रास धाक धम्की देखाई २०८२ साल वैशाख ९ गते राती ५ बजेको समयमा जबरजस्ती नजिकैको जंगलमा लगेर करणी गरेको आरोपमा पिडितको आफन्तले दिएको जाहेरी दरखस्तको आधारमा करणी आरोपी पोडे भनिने राजु नेपालीलाई पालुङटार नगरपालिका –८ बाट जंगलमा लुकिरहेको अबस्थामा बिहिबार जिल्ला प्रहरी कार्यालय गोरखाको प्रहरी टोलीले पक्राउ गरिएको उहाँले बताउनुभयो । 

पक्राउ परे लगत्तै करणी आरोपी पोडे भनिने राजु नेपालीलाई जिल्ला अदालत गोरखामा उपस्थित गराई जबरजस्ती करणी उद्योग कसुर शीर्षकमा बिहिबार मुद्धा दर्ता गरी जिल्ला अदालत गोरखाबाट ७ दिनको म्याद थपी गरी घट्नाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया