वसन्त गौतम
नेपाल वार एशोसिएसनको आह्वान गरेको आन्दोलनलाई ऐक्यवद्धता जनाउदै बाँकेका कानुन ब्यवसायीले दोश्रो दिन पनि नेपालगन्जमा बिरोध प्रदर्शन गरेका छन् ।

न्यायपालिकाको बिकृती, बिसंगती र भ्रष्टाचार बिरुद्ध नेपाल बार एशोसिएनले आईतवार देखि देशै भरि आन्दोलन थालेको छ । यस क्रमम दोश्रो दिनमा हातमा कालो पट्टी बाधेर बिरोध प्रदर्शनमा उक्रिएका थिए । बार भवनबाट निस्कीएको कानून ब्यवशायीहरुको बिरोध प्रदर्शनको नेतृत्व बार एशोसिएसनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले गरेका थिए । बारको बिरोध प्रदर्शनमा नेवाएका पुर्व उपाध्यक्ष टिकाजंग सिंह, वरिष्ठ अधिवक्त श्याम गौतम, नेपालगंज उच्च बारका अध्यक्ष शिव कुमार श्रेष्ठ, सचिव पदम पाण्डे, जिल्ला बार अध्यक्ष जनक बहादुर शाही, उच्च बारका पुर्व अध्यक्षहरु, धु्रव बश्याल, लोक बहादुर शाह, इश्वरी प्रसाद ज्ञवाली, बल बहादुर चन्द, लगायत सहभागी थिए ।
नेपालगंजको भएको बिरोध प्रदर्शन बाँके जिल्ला बार र नेपालगंज उच्च बारले संयुक्त रुपमा आयोजना गरेका थिए । कार्यक्रममा नेपाल बार एशोसिएसनका वरिष्ठ केन्द्रिय उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, पुर्व उपाध्यक्ष टिकाजंग सिंह, नेपालगंज उच्चबारका अध्यक्ष शिव कुमार श्रेष्ठ, सचिव पदम पाण्डे, जिल्ला बार अध्यक्ष जनक बहादुर शाही लगायतका लगायतका कानून ब्यवशायीहरुको सहभागिता रहेको थियो ।
न्यायपालिकाको बिकृती, बिसंगती र भ्रष्टाचार बिरुद्धको नेपाल बार एशोसिएसनको अभियानमा हाम्रो ऐक्यवद्धता मुल नाराका साथ बिरोध कार्यक्रम गरिएको नेपालगंज उच्च बारका अध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिए ।
प्रधानन्यायाधीश माथी उठेका टिकाटिप्पणी र न्यायालयको बिकृती र बिसंगतीका बिषयलाई लिएर बिगत सर्वोच्च अदालतमा न्याय सम्पादनको कार्य अवरुद्ध छ ।
न्यायिक सुशासन कायम गर्नका लागी न्यायपालिकाको बिकृती, बिसंगती र भ्रष्टाचार अन्त्य गरिनु पर्ने र यसका लागी प्रधान न्यायाधीसले राजीमाना दिनु पर्ने आन्दोलनरत कानून ब्यवशायीले बताएका छन् । नेपाल बार एशोसिएसनका वरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले न्यायापालिकामा रहेको बिकृती र बिसंगती अन्त्यका बाधक रहेका प्रधान न्यायाधीशसको राजनीनामा नआएसम्म बारेको आन्दोलन जारी रहने बताए । न्यायपालिकामा रहेको बिकृती र बिसंगतीको अन्त्य हुनु आन्दोलन गर्नु पर्नु परेको श्रेष्ठको भनाई राखेका थिए । बार भवनबाट निस्कीएको कानून ब्यवशायीहरुको बिरोध प्रदर्शन बाँके जिल्ला अदालत हुदै उच्च अदालत तुल्सीपुर नेपालगंज इजलास परिसरमा पुगेर समापन भएको थियो । हातमा कालो पट्टी बाँधेर बिरोध प्रदर्शनमा उत्रिएका कानून ब्यवशायीहरु न्यायापालिकाको सुद्धिकरणका लागी बिरोध प्रदर्शन गर्नु परेको नेपलगंज उच्च बारका सचव पदम पाण्डे बताए । कार्तिक २८ गते देखि २९ गते सम्म बिहान १० ः ३० बजे देखि बिहान ११ ः ३० बजे एक घण्टा बिरोध प्रदर्शन हुने सचिव पाण्डेले जानकारी दिए ।
नेपाल बार एशोसिएनका पुर्व उपाध्यक्ष टिकाजंग सिंहले न्यायालयमा बिकृती र बिसंगती रहेको कुरा न्यायाधीश हरिकृष्ण कार्कीकै प्रतिवेदनमा उल्लेख भएकाले प्रतिवेदन कायान्वयन हुनु पर्ने बताए ।
यसै बिच न्यायपालिकाको बिकृती, बिसंगती र भ्रष्टाचार बिरुद्धमा देशैभरि आन्दोलनमा उत्रिएको बार एशोसिएसनले प्रधान न्यायाधीश चोलन्द्र सम्शेर जवराको राजीनामा नदिएसम्म वार्तामा नबस्ने जनाएको छ ।