तेस्रो लहरको सम्भावना, ‘पूर्व तयारीको लागि सबै एकजुट हुन आवश्यक’

कोरोना महामारीले धेरै प्रभावित पारेको बाँके जिल्लामा तेस्रो लहरको कोरोना महामारी आउन सक्ने सम्भावना रहेको भन्दै कोरोना रोकथामको लागि पूर्व तयारी गर्नको लागि सबै एकजुट हुन आवश्यक रहेको एक कार्यक्रममा सहभागिहरले जोड दिएका छन् ।
इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जको आयोजना कोभिड–१९ महामारीका दौरानमा अग्रणी भूमिका निर्वाह गरिरहेका मानवअधिकार रक्षकहरुको अवस्था, चुनौती र संरक्षण विषयक अन्तक्रिया कार्यक्रममा उक्त विषयमा जोड दिएका हुन ।

नेपालगन्ज उपमहानगरपालिकाकी उमप्रमुख उमा थापा मगरले नगरपालिकाले कोरोना महामारीको पहिलो चरणमाको समयमा भएको कमि कमजोरीलाई दोस्रो लहरको समयमा सुधारेर कामलाई अगाडि बढाएको बताइन् । भारतबाट नेपाल आएका नागरिकहरुलाई राख्नको लागि २ हजार क्षमताको होल्डीङ सेन्टर निर्माण गराउने कामलाई अगाडि बढाएको जानकारी दिइन् । उनले कोरोना माहामारी रोकथाम गर्न सबैको सहयोगले सम्भव हुने भएकोले सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले हातेमालो गरेर अगाडि बढ्न आग्रह गरिन् ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झङकर रावलले मानव अधिकार रक्षकहरुले स्वास्थ्य अधिकारको रक्षा गर्ने विषयमा रक्षकहरु पनि संक्रमीत भएको र कतिपय रक्षकहरुको आफन्त परिवारको सदस्यको समेत कोभिडबाट मृत्यु भएको बताए । रक्षकहरु आफु संक्रमित हुँदा पनि विरामीका लागि लकडाउनको समयमा औषधि खरिद गर्न जान गाह्रो भएको बेलामा रक्षकहरुले पहल गरि सहजिकरण गरि दिएको, सुत्केरीहरुलाई चेकजाँच गर्नको लागि अस्पतालसम्म पु¥याउन सहजीकरण गरिदिने काम गरेको रावलले बताए ।
अधिकारकर्मी बसन्त गौतमले कोरोना संक्रमणका बेला अधिकारकर्मी, स्वास्थ्यकर्मी लगायतले आम नागरिकको जिवन र स्वास्थ्यको अधिकार संरक्षणका लागि महत्वपूर्ण भूमिका खेलेको उल्लेछ गर्दै आम नागरिकको आधारभुत मानव अधिकार संरक्षणका लागि सरोकारवाला बिच आपसी समन्वय सहकार्यमा जोड दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका सिडिओ शिवराम गेलालले बाँके अझै पनि कोरोनाको जाखिममा रहेकोले त्यहि अनुसार पुर्व तयारी गर्न र सबैले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका थिए । प्रशासन बाट भएका कमि कम्जोरीको विषयमा जानकारी गराई समाधानमा पहल गर्नमा आग्रह गरेका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कारोनाको तेस्रो लहर रोकथाम गर्न एक्लैले केहि नहुने भएकोले सबै जनाको सहयोग हुन आवश्यक रहेको बताए ।

भेरी अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्ण श्रेष्ठले आफु संक्रमित हुदा पनि विरामिको सेवामा लागेको बताउदै कोभिड विरामिहरु अस्पतालबाट घर फर्किए पनि पुर्ण रुपमा निको नभएकोले यस्तो समस्यालाई रोक्न के गर्ने विषयमा छलफल गर्न आवश्यक रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुधन न्यौपानेले कोरोना महामारीको रोकथाममा नागरिक समाजको महत्वपूर्ण सहयोग रहेकोले आगामी दिनमा पनि सहयोग र सहकार्यका साथ काम गर्ने बताए ।

नेपालगन्ज मेडिकल कलेजका डाक्टर विनोद कर्णले कोरोना महामारी रोकथाम सम्बन्धी पूर्व तयारी गर्ने विषयमा पहिले गम्भीर भएर नलागेको कारण धेरै मानवीय क्षति भएको बताए । कोभिडको महामारीको बेलामा नाकामा पूर्व तयारी नहुनु, कोभिड संक्रमितको उचित व्यवस्थापन नहुनु र साधनस्रोतको कमिले गर्दा धेरै समस्या भोग्नु परेकोले अब तेस्रो लहर आउन नदिन सबै एकजुट भएर पूर्व तयारीमा लाग्नुपर्ने जोड दिए ।

नेपालगन्ज शिक्षण अस्पतालका सहायक प्रबन्धक डाक्टर नितेश कनोडीयाले नागरिक र समाजप्रति मानव अधिकार रक्षकले आफ्नो दायित्वको विषयमा गम्भीर रहनुपर्ने बताउँदै नेपाल भारत सिमा नाकामा अझै निगरानि गरि कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्यलाई अघि बढाउन आवश्यक रहेको बताएका थिए ।

नेपालगन्ज मेडिकल कलेजकि डाक्टर रोमा बोराले कोरोना रोकथाम गर्नमा सरकारी निकायको मात्र नभएर गैरसरकारी निकायको पनि उत्तीकै जिम्मेवार रहेको बताइन् । उनले कोरोना संक्रमितको बच्चाको लागि कसैले पनि नसोचेको कारण यस विषयमा संवेदनशील भएर काम गर्न आवश्यक रहेको बताएकी थिइन् ।

भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापाले कोरोनाको पहिलो चरणको बेलामा नागरिकहरुमा कोरोनाका विषयमा गलत प्रचार भएकोले नागरिकहरुमा अस्पताल सम्म आउन डर भरिएकोले समस्या रहेको बताउदै पछि विस्तारै सबै नागरिक समाजको सहयोगमा गलत प्रचारहरुलाई हटाउन सफल भएको बताएका थिए । पत्रकार जीवन पाण्डेले स्थानीय सरकारले कोभिडको पहिलो चरणमा संवेदनशील नभएको कारण समस्या आएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया