साइकल गाथा

गत शुक्रबार बुटवल साइक्लिङ्ग संघले रानी महल साइकल यात्राको आयोजना गर्यो, साइक्लिङ्ग मार्फत पर्यटन प्रवद्र्धनको लागि बुटवलका साइक्लिस्टहरुले अगुवाई गरेको यो दोस्रो सस्करणको कार्यक्रम थियो जसमा नेपालगन्ज साइक्लिङ्ग क्लब आबद्ध चार जना साइक्लिस्टहरु रमेशकुमार मल्ल, उज्वल घर्ती, प्रदीप सापकोटा र देवेन्द्र केसिले सहभागिता जनाउनु भयो ।
देशैभरबाट सयजना भन्दा बढी साइकल यात्रीहरु एकैसाथ रानिमहल पुग्दा त्यसक्षेत्रको रौनक नै बदलिएको अनुभूति गरेको नेपालगन्ज साइक्लिङ्ग क्लबका उपाध्यक्ष रमेशकुमार मल्लले सुनाउनु भयो ।

नेपालगन्ज साइक्लिङ्ग क्लबका सदस्य द्वय कोहलपुर निवासी साइक्लिस्ट उज्ज्वल घर्ती र देबेन्द्र कुमार केसि साइक्लिङ्गको ठुलो इभेन्टमा जिल्ला बाहिरको पहिलो सहभागिता अति नै रमाइलो र यादगार अनुभुती सहितको भएको र देशैभरिका साइक्लिस्टहरु सङ्गको साक्षात्कार भएकोमा खुशी हुनुहुन्छ । पाल्पा र रानिमहल धेरै पटक गैएला तर बुटवलबाट साइकल कुदाउदै उकाली ओराली र प्रकृति सङ्ग रमाइलो गर्दै हरेक ठाउँलाई नजिकै बाट स्पर्श र अनुभुती गर्दै रानिमहलसम्मको यात्रा गर्न पाउँदा बाँकेबाट सहभागिता जनाउने प्रदीप सापकोटा मात्र होइन रमेशकुमार मल्ल, उज्ज्वल घर्ती र देवेन्द्र कुमार केसि चारैजना बेजोड खुशी हुनुहुन्छ ।

नेपालगन्ज साइक्लिङ्ग क्लबले यही माघ २३ र २४ गते गर्न लागेको टुर दि ठाकुरद्वारको तयारीका सन्दर्भमा समेत केहि नयाँ अनुभव र सिकाइ सहित नेपालगन्जका साइक्लिस्टहरु रानिमहलको साइकल यात्रावाट फर्किएका छन् ।

नेपालमा टुर दि लुम्बिनी, ग्रेट बुद्धिस्ट ट्रेल, राइड थ्रु सिन्धुलीगढी, टुर दि फारवेस्ट, टुर दि दाङ्ग्भ्याली, उदयपुर टु कोशिटप्पु राइड, रानिमहल राइड, टुर दि ठाकुरद्वार जस्ता दर्जन बढी फन राइडहरु हुने गरेका छन् र यी राइडहरुले पर्यटन पर्वध्न मा महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।

देशभर साइकल अभियानमा सकृय साइकल क्लबहरु र साइकल अभियन्ताहरु पछिल्लो केहि बर्ष यता स्वास्थ्य, वातावरण, पर्यटन र खेलका लागि साइकललाई स्थापित गर्न कम्मर कसेर लागेका छन् ।

नेपालका प्रमुख शहरहरु काठमाडौ, ललितपुर, भक्तपुर, बुटवल, पोखरा, नेपालगन्ज, हेटौंडा, दाङ, गाइघाट, धरान, झापा, धनगढी, चितवन, नेपालगन्ज लगायतका ठाउँमा साइकलका अभियानहरु सकृयतापूर्वक अगाडि बढेपनि नेपालका सडकहरूमा साइकल लेन छैनन्, शहर साइकल मैत्री वन्न सकेका छैनन् केहि शहरमा छोटो दुरिको साइकल लेन बनेपनि अवस्था सन्तोषजनक छैन जसका कारण प्रत्येक महिना सयौंको संख्यामा साइकल यात्रीहरुको सडक दुर्घटनामा मृत्यु हुँदै आएको छ, शहरमा साइकल लेनको बहस र मुद्दा गम्भीरतापूर्वक उठाउन जरुरी छ ।

प्रतिक्रिया

प्रतिक्रिया