नेपालगन्ज साइक्लिङ्ग क्लबका बरिष्ठ उपाध्यक्ष तथा युवा ब्यबसायी लवराज श्रेष्ठले आफ्नो योजना सुनाउदै मलाई दशैको टिकापछि नेपालगन्जदेखि महेन्द्रनगरमा रहेको दोधाराचादनीको पुलसम्म को २ सय किलोमीटरको साइकल यात्राका लागी प्रस्ताव गरे । म साइकल यात्रामा केही बर्ष देखि निकै नै चासो र रुचि राख्दै आएको हुँदा उनको प्रस्ताव मेरालागि रुचिपुर्ण थियो नै तर केहि दिन अघिको इभिनिङ्ग राइडमा बाटोमा लमतन्न सुतेको कालो सापले बाटो छेक्दा म साइकलबाट साधारण दुर्घटनामा परे । जसका कारण मेरो दाहिने खुट्टा र हातमा लागेको चोटका कारण म २ सय किलोमीटर साइकल चलाउन सक्ने अवस्थामा थिइन् । यसअघि म लबजी सहित नेपालगन्ज–टिकापुर–नेपालगन्ज, कोठियाघाट– नेपालगन्ज र २०१७ मा नेपालगन्जदेखि भारतको श्रावस्तीसम्मको साइकल यात्रा गरिसकेकोले उहाँसँगको यसपटकको महाकालीसम्मको साइकल यात्राको लागी बेजोड इच्छा हुँदा हुँदै पनि जान नसक्ने अवस्थामा थिए ।


लवराजजीको संयोजनमा नेपालगन्ज साइक्लिङ्ग क्लब आबद्ध साथीहरू राजेश गुप्ता, रतन शर्मा, नारायण थापा, पुष्कर हमाल, रमेशराज रेग्मी, किरण श्रेष्ठ, तेज बिक्रम शाह राइडका लागी तयार हुनुभयो । यो राइडका लागि अर्का नेपालन्जिया युवा जो काठमाडौ बस्दै आउनुभएको छ, दिब्यदेव लम्साल बिशेष राइडरको रूपमा सहभागी हुनुभयो । यहि राइडका लागी उहाँ काठमाडौबाट नै साइक्लिङ्ग गर्दै १२ गते नेपालगन्ज आइपुग्नुभयो । टिम कार्तिक १३ गते बिहान ५ बजे नेपालगन्जबाट महेन्द्रनगरका लागी दौडियो, साइक्लिङ्ग गर्ने अवस्था नहुँदा नहँुदै पनि लवराजजी र राजेश जि को आग्रहमा म र रमेश मल्ल दाइ पनि उहाँहरुको साइकल यात्राको डकुमेन्टेसनका लागि उहाँहरु सङ्गै स्कुटिमा लागियो महेन्द्रनगर ।


नेपालगन्ज, खजुरा, गुलरिया, राजापुर, सतिघाट हुँदै हामी हुलाकी राजमार्गको बाटो हुँदै धनगढी पुगियो, बिहानदेखिको लगातारको राइड धनगढी पुग्दा सबै साथीहरू निकै थाकिसक्नुभएको थियो भने, भर्खरै मात्र कोरोना पोजेटिभ भै सन्चो भएर निस्कनु भएका रमेशराज रेग्मिले आफ्नो यात्रा लाई शाहसिक रूपमा टिकापुर सम्म पुर्याउनु भयो भर्खर कोरोना मुक्त भएका कारण पनि महेन्द्रनगरसम्म पुग्न अलि अप्ठ्यारो भएकोले उहाँलाई हामीले सतिबाट टिकापुर पठाएउ र हामी १० जनाको टोलि महेन्द्रनगर पुगियो ।

महेन्द्रनगरको सुडा रिसोर्ट हाम्रो आतिथ्यताका लागि प्रतिक्षारत थियो महेन्द्रनगर राती १० बजे पुग्दा हामीलाई सुदुरपश्चिमका साइकल अभियन्ता भरतबिक्रम शाहले स्नेहपुर्ण स्वागत गर्नुभयो, केहिबेर सुस्ताएर, खानपिन गरियो, हामी लगातारको १७ घन्टाको साइकल यात्राले लखतरान बनाएको थियो । तर, एकैदिनमा नेपालगन्ज–महेन्द्रनगरसम्मको लामो यात्रा सफलतापूर्वक पुरा गर्ने पाएकोमा सबै साइकल यात्री उत्साहित थिए अनि बिहानीको सुर्योदय दोधाराचादनीको पुलमा हेर्ने बाचा सहित हामीले रात्रीको विश्राम गरियो ।


भोलिपल्ट बिहान् ४ः४५ मा मेरो मोबाइलले हानेको अलार्मले रमेश दाइ ब्युझिनु भयो र मलाई पनि उठाउनुभयो हामी फ्रेस भएर पुलतर्फ स्कुटी दौडाइयो । तर, अघिल्लो दिनको लामो साइकल यात्राले लखतरान परेका साइकल यात्री साथीहरू सुर्योदयको अवलोकन गर्नेगरी पुल पुग्न भ्याउनुभएन मैले मेरो जिवनकालकै बडो रोमाञ्चक सुर्योदयको नजारा सुन्दरपश्चिमको दोधाराचाँदनीको पुलबाट हेर्न पाए जुन मेरा लागि सधैं नै गहिरो सम्झनामा रहनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया