रौनियारको नेतृत्वमा प्रजातान्त्रिक प्यानल

आगामी माघ ११ गते हुने नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रजातान्त्रिक प्यानलले शुक्रबार उम्मेदवारहरु सार्वजनिक गरेको छ । प्रजातान्त्रिक प्यानलले संघका पूर्व वरिष्ठ सदस्य ललित कुमार रौनियारलाई नेतृत्वमा संघमा उम्मेदवारी दिने घोषणा गरेको हो ।


प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्ष (उद्योग) तर्फ तपेन्द्र बिक्रम शाह, वाणिज्य तर्फ अमित बस्नेत उम्मेदवार रहेका छन् । सदस्यमा क्रमश अजय कुमार टण्डन, मख्खन धामी, तेजनारायण कँडेल सुनिल सिंघल, विन्दु चर्ती मगर, टंक प्रसाद शर्मा, टेकबहादुर खड्का, बदरुद्धिन अन्सारी, विष्णु प्रसाद श्रेष्ठ, दिपेन्द्र राज श्रेष्ठ, सन्तोष कुमार बैश्य, सुरेन्द्र सिंह सरदार रहेका छन् ।


घोषणासभामा प्रदेशसभाका सदस्य मोहमद याकुव अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाई, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुनिल शर्मा लगायतको सहभागिता थियो । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, रतन टण्डन घोषणा सभामा थिए । सञ्जय थापाले उम्मेदवारहरुको घोषणा गरेका थिए ।


प्रजातान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार रौनियारले आफ्नो राजनीतिक विगत हेरेर व्यवहार नगर्न व्यापारीहरुहरुसँग आग्रह गरेका छन् । उनले उद्योगी, व्यवसायीहरुको हितमा प्रतिबद्धता व्यक्त गर्दै प्रजातान्त्रिक प्यानललाई सहयोग गर्न आव्हान गरेका थिए । अध्यक्ष पदका उम्मेदवार रौनियारले संघको नेतृत्व पाएपछि उद्योगी र व्यवसायीहरुको हितमा रहने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया