वडाध्यक्षले भत्काए जनताको निजी पर्खाल

नेपालगन्ज – नेपालगन्ज–११ एक व्यक्तिको व्यक्तिगत जग्गामा बनाएको पर्खाल ११ का वडा अध्यक्ष उज्वल सिंह राठौंर लगायतका टोलिले भत्काइदिएको छ । सोमबार वीर बहादुर ओलीले आफ्नै जग्गामा बनाएको पर्खाल वडा अध्यक्षको टोलिले भत्काइदिएको हो ।

ओलीले विना कारण पर्खाल भत्काइएको भन्दै आक्रोश व्यक्त गरेका छन् । पर्खाल निर्माण अघि उपमहानगरपालिकाका कर्मचारीलाई भेटेर मौखिक जानकारी दिएपछि बनिसकेको पर्खाल सोमबार साँझ जबर्जस्ती भत्काइएको ओलीले बताएका छन्् । ‘नियम विपरित भए छलफल गरेर आफै भत्काउछु भनेको थिए’, ओलीले भने, ‘तर, वडाध्यक्षको उपस्थितिमा आएको नगर प्रहरीको टोलीले पर्खाल भत्काउनुको साथै गालिगलौज संगै अपशब्द प्रयोग गर्दै हातपातको कोसिस समेत गरेका थिए’

ओलीले घरको सुरक्षाका लागि पर्खाल बनाउनका लागेको जानकारी दिएका छन् । ‘पशु घरमै छिर्न थालेपछि सुरक्षाका लागि अस्थायी पर्खाल बनाएको हुँ’, ओलीले भने, ‘व्यक्तिगत जग्गामा जनप्रतिनिधिले जबर्जस्त गरेर भत्काए ।’

राठोरले नै सहि छाप गरेको २०७५ असोज २८ गते जग्गा नक्सा सर्जिमिन मुचुल्का

वडा नं. ११ का वडाध्यक्ष उज्वल सिंह राठौंरले पर्खाल बनाउँदा वडालाई कुनै जानकारी नदिएकाले उपमहानगरपालिसँगको समन्वयमा पर्खाल भत्काएको दाबी गरेका छन् । तर, ओलि परिवारले दिएको कागजात हेर्दा वडा अध्यक्ष राठोरले नै २०७५ असोज २८ गते जग्गा नक्सा सर्जिमिन मुचुल्कामा वडा अध्यक्षका हैसियतले सहि छाप गरेका छन् ।

जग्गा धनी प्रमाण पुर्जा


त्यस्तै ओली परिवारले उपमहानगरालिकाका कर्मचारीलाई भेटेर जग्गाको लालपुर्जा, अदालतको जग्गा सम्बन्धी निर्णय देखाएर पर्खाल बनाउन लागेको बारे मौखिक रुपमा जानकारी दिएका थिए ।

स्थानीय बासीले घरको सुरक्षाका लागि अस्थायी पर्खाल बनाउँदा भत्काइनु वडाध्यक्षले शक्तिको दुरुपयोग गरेको प्रतिक्रिया दिएका छन् । ‘छाडा पशु घरमै छिर्छन् त्यसबाट सुरक्षाको जिम्मा कसले लिन्छ ?’, स्थानीयबासी भन्छन् ।

पर्खाल भत्काए पछिको अवस्था

पर्खाल निर्माण गरिएको जग्गा वीर बहादुर ओलीकी श्रीमति पार्वती ओलीको नाममा दर्ता रहेको छ । उक्त जग्गाका बारेमा जिल्ला अदालत र पुनरावेदन अदालतले समेत ओलीकै पक्षमा फैसला गरिसकेको अवस्थामा पनि बनाउनका लागि नक्सा पास नभएकाले नक्सा पास नहुनेबेला सम्म सम्पत्तिको सुरक्षाको लागि नै अस्थाई पर्खाल बनाउन लागेको ओलीले बताएका छन् ।

ओलि परिवारले निर्माण गरेको पर्खाल



‘बाटो चौडा बनाउन पनि थालिएको छैन, आफ्नै जग्गामा बास स्थानको सुरक्षाका लागि पर्खाल निर्माण गर्दा किन भत्काइयो बुझ्न सकिएन’, ओलीले भने, ‘बनेको पर्खाल भत्काउँदा क्षति भएको छ ।’ उनले सबैले कानुनको पालना गर्नुपर्ने बताउँदै भने, ‘अब कानुन बमोजिमको प्रक्रिया सुरु गर्छु ।’

प्रतिक्रिया

प्रतिक्रिया