सुनुवाईका लागि अपील

नेपालगन्ज : होटल व्यवसायी संघ बाँके नेपालगन्जले आफुले अघि सारेका विभिन्न १५ बुँदे सवाललाई सरोकारवालाले सुनुवाइमा गम्भीर ध्यानाकर्षण गराउन भन्दै पत्राचार गरेको छ ।

संघका अध्यक्ष भीमलाल कंडेलका अनुसार, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक बीर बहादुर वलीलाई लिखित ध्यानाकर्षण गराइएको हो । ‘सर्वपक्षीय बैठकबाट निकालिएका निष्कर्षमा काम गर्न सम्बद्धहरुलाई गम्भीर ध्यानाकर्षण गराइएको छ,’ अध्यक्ष कंडेलले विहीवार जिल्ला प्रहरी कार्यालय बाँकेलाई अपील गरिएको जानकारी दिंदै दैनिक नेपालगन्जसँग भने, ‘सकारात्मक प्रतिबद्धता आएको छ ।’

संघले संघीयता कार्यान्वयन सँगै नेपालगन्जको बजार व्यवसाय सुक्दै गएको र त्यसको मार होटल व्यवसायीहरुलाई परिसकेको भन्दै समाधानका लागि विभिन्न उपाय सुझाएको छ । अबैध रुपमा भारतका विभिन्न सहरमा नेपालका पहाडी जिल्लाबाट सोझै गाडी चल्दा आएका समस्या समाधानमा प्रहरी प्रशासन गम्भीर हुनुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया