अवैध यौन कार्यमा संलग्न जोडी पक्राउ

नेपालगन्जमा अवैध रुपले यौन कार्यमा संलग्नताको आरोपमा चार जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जको टोलीले शनिबार दिउँसो कारकाँदो चोकमा रहेको मिलन कटेजबाट यौन संलग्न अवस्थामा रहेको दुई अवैध जोडीलाई पक्राउ गरेको हो ।


‘अवैध कार्य गराउने होटल सञ्चालक मिन बहादुर मल्ललाई पनि पक्राउ गरिएको छ’, वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज, प्रहरी निरीक्षक नारायण डाँगीले दैनिक नेपालगन्जसँग भने, ‘उनीहरुबारे थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको छ ।’
जिल्ला प्रहरी कार्यालय बाँकेले मिलन कटेज र त्यसका सञ्चालक मल्ल विरुद्ध स्थानीय स्तरबाट निरन्तर उजुरी आइरहेको जनाएको छ । ‘धेरै गुनासो आएपछि प्रहरीले निगरानी बढाएको हो’, बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले दैनिक नेपालगन्जसँग भने, ‘अनुसन्धान गरेर थप कारवाही अगाडि बढाइनेछ ।’


स्थानीयबासीका अनुसार, दुई बर्षदेखि निरन्तर अवैध कार्य भैरहेको मिलन कटेज विरुद्ध प्रहरीलाई पटकपटक गुनासो गर्दा पनि सुनुवाई भएको थिएन । ‘टोल समितिको बैठक नै राखेर प्रहरीलाई गुहार लगाउने निर्णय बाहिर गएपछि प्रहरी हरकतमा आएको हो’, टोल विकास समितिका पदाधिकारीहरुले भने ।

प्रतिक्रिया

प्रतिक्रिया