अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जले बाँकेमा एउटा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष घुस सहित नियन्त्रणमा लिएको छ ।
राप्तिसोनारी गाउपालिका स्थित लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुनालाई अख्तियारले नियन्त्रणमा लिएको हो । सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी काठ उपलब्ध गराउन सहजिकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्दा ५ लाख घुस सहित उनीहरुलाई पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले पक्राउ परेका टिकाराम र दिपकलाई नियन्त्रणमा राखी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।