ल्याण्डफिल साइटमा मन्त्रीको चासो

नेपालगन्जको फोहोर व्यवस्थापनका लागि बाँकेको हिरमिनियामा निर्माण भैरहेको ल्याण्डफिल साइटको बुधबार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले अवलोकन गरेका छन् । मन्त्री पाण्डिले ल्याण्डफिल साइट र नेपालगन्जमा निर्मार्णाधीन अत्याधुनिक बसपार्कको स्थलगत अवलोकन गरेका हुन् ।

नेपालगन्जका प्रमुख डा. समशेर राणासहित ल्याण्डफिलसाईट पुगेका मन्त्री पण्डितले ल्याण्डफिलसाईट निर्माण प्रक्रिया र फोहोर ब्यवस्थापन प्रविधि लगायतका विषयमा चासो राखेका थिए ।


क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन एकाइ मार्फत ‘रम्की एण्ड एनएएनसी जेभी काठमाडौँ’ ले निर्माण गरिरहेको छ । ल्याण्डफिल साइट केही दिनभित्रै संचालनमा आउने गरि अन्तिमचरणको निर्माण कार्य भइरहेको प्रमुख डा. राणाले मन्त्री पण्डीतलाई जानकारी गराएका थिए ।


अवलोकन टोलीलाई साइट निर्माणको प्रगती, फोहर वर्गीकरण, व्यवस्थापन लगायतका विषयमा परामर्शदाता इन्जिीनियर प्रकाशराज शिवाकोटीले जानकारी गराएका थिए । इन्जिनियर शिवाकोटी अनुसार ल्याण्डफिल्ड साइट निर्माण कार्य भइसकेको र अबको केही दिनमै फोहर सङ्कलन गरेर परीक्षणको रूपमा सञ्चालन गरिने बताए । बातावरण तथा सरसफाई इञ्जिनियर डिसीका अनुसार– नेपालगन्जमा दैनिक २५ देखि ३० टन फोहर जम्मा हुन्छ । ल्याण्डफिल्ड साइटमा दैनिक २६ टन फोहर भण्डारण गर्न सकिनेछ ।

साढे चार बिघाः मा निर्माणधिन बसपार्कको पनि फीनीसीङको काम मात्र बाँकी रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नेपालगन्ज उपमहानगरपालिकाका बातावरण तथा सरसफाई इञ्जिनियर प्रकाश डिसी लगायत पत्रकारको टोलीले अवलोकन गरेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया