प्रहरी घेरामा राष्ट्रिय मानव अधिकार आयोग

पुनः पक्राउ पर्ने आशंकामा नेकपा विप्लव समूहका एक कार्यकर्ता राष्ट्रिय मानवअधिकार आयोगको शरणमा पुगेका छन् । जिल्ला अदालत बाँकेबाट मानवअधिकार अनुगमन टोलीको निगरानीमा साधा तारेखमा छुटेका नेकपा विप्लव निकट दान बहादुर फडेर आयोग पुगेका हुन् ।


प्रहरीले पुनः पक्राउ गर्ने आशंकामा फडेरा आयोगको कार्यालय पुगेका हुन् । राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख चन्द्रकान्त चापागाईले फडेर आयोगमै रहेको बताएका छन् । ‘उहाँ प्रहरीप्रति आशंकित भई आयोग आउनु भएको हो’, उनले भने, ‘हामीले घटनाबारे बुझिरहेका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया