नेपालगन्जमा जारी मेयर कप टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधीका लागि होलिल्याण्ड मावि र एबिसी मावि भिड्ने भएका छन् । आइतबार होलिल्याण्ड सेमिफाइनलमा पुगेको थियो भने सोमबारको खेलमा विजयी हुँदै एबिसीले उपाधीका लागि भिड्ने भएको हो ।
एबीसी रेसिडेन्टल मावि नेपालगंजमा जारी मेयर कप टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमवार आदर्श माविलाई ८ विकेटले पराजित गर्दै एबीसी फाईनलमा प्रवेश गरेको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको आदर्शले निर्धारित २० ओभर खेल्दै ६ विकेटको नोक्सानीमा १ सय १८ रन बनाएको थियो । आदर्शका लागि अनील खड्काले २७, युवराज शर्माले २६ र विज्ञान सुवेदीले २४ रनको योगदान दिएका थिए ।
एबीसीका सदाब अन्सारीले ३ विकेट लिए । १ सय १९ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको एबीसीले १२.४ ओभरमा २ विकेट गुमाँउदै उक्त लक्ष्य प्राप्त ग¥यो । एबीसीका शाहिल अन्सारीले नटआउट ४८ रन बनाएका थिए भने अमन अन्सारीले ३६ तथा सदाब अन्सारीले २४ रन बनाएका थिए । आदर्शका सिद्धार्थ सेन्चुरी र युवराज शर्माले क्रमस १÷१ विकेट लिएका थिए । एबीसीका सदाब अन्सारी म्यान अफ द म्याच घोषित भए । यो जित संगै एबीसीले उपाधिका लागि बुधवार होली ल्याण्ड मावि संग प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक मेराज अन्सारीले जानकारी दिएका छन् ।