दुव्र्यसनमा फस्दै किशोरी

युवतीहरुका लागि छुट्टै पुनस्र्थापना केन्द्र आवश्यक रहेको लागुऔषध नियन्त्रणका लागि क्रियाशिल रहेका संस्थाहरु बताउँछन्
रुपा गहतराज
बाँके प्रहरीले दुई महिनाअघि खजुराबाट दुई किशोरीलाई ब्राउनसुगर खाँदै गरेको अवस्थामा पक्राउ गरयो । केटा साथीसँग बसेर ब्राउनसुगर खाइरहेको बेलामा प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लियो । उनीहरुको साथबाट नौ सय मिलिग्राम ब्राउन सुगरसमेत फेला परेको थियो । १८ र २० वर्षका दुई युवतीलाई प्रहरीले अनुसन्धानका लागि ५ दिन जिल्ला प्रहरी कार्यालयमा राख्यो । पछि उनीहरु अदालतबाट धरौटीमा छुटे ।

 
डोल्पा जिल्लाकी २० वर्षीया युवती ३० ट्याब्लेट नाइट्रोजेपामसहित नेपालगन्जमा पक्राउ परिन् । सीमावर्ती भारतीय बजार रुपैडिहाबाट लागुऔषध बोकेर नेपालगन्ज आउदै गरेकी उनलाई इलाका प्रहरी कार्यालय, जमुनाहाले पक्राउ गर्यो । स्कुटीमा आउँदै गरेकी उनले पाइतलामा राखी चप्पलले च्यापेर नाइट्रोजेपाम ल्याउँदै थिइन् । सिएमए पढ्दै गरेकी ती युवती नेपालगन्जमै बस्छिन् र उनी आफै प्रयोगकर्ता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

 
खराव संगत, मानसिक तनाव र असफल बैवाहिक सम्बन्धका कारण दुव्र्यसनीमा टिनएजर किशोरीको संख्या बढ्दो रहेको तथ्यांकले देखाउँछ छ । दुव्र्यसनी पुनस्र्थापनाका क्षेत्रमा काम गर्दै आएका संघ–संस्थाहरुका अनुसार, नेपालगन्जमा त्यस्ता युवतीहरुको संख्या बढिरहेको छ । तर, उनीहरुको आधिकारिक तथ्यांक र अध्ययन भएको छैन ।

 
खुला सिमानाका कारण नेपालगन्जमा सजिलै लागुपदार्थ भित्रिने गरेको छ । जसका कारण युवतीहरु दुव्र्यसनमा फसिरहेका छन् । दुव्र्यसनमा फसेका युवतीहरु खुल्दैनन् । अन्तिम अवस्थामा मात्र परामर्शका लागि गोप्य ठाउ“ वा घरमा बोलाउने गरेको साहारा हाउस पुनस्र्थापना केन्द्रका संचालक अभिराज क्षेत्रीले बताए । उनका अनुसार, संख्या बढेपनि सामाजिक प्रतिष्ठाका कारण ती महिलाहरु खुलेर बाहिर आउँदैनन् ।

 
७ कक्षादेखि १२ कक्षामा अध्ययन गर्ने युवतीहरु यस्तो दुव्र्यसनीमा फस्ने गरेका क्षेत्री बताए । ‘अन्तिम अवस्थामा त्यस्ता युवतीहरुले परामर्शका लागि बोलाउ“छन्,’ क्षेत्रीले भने । २०६९ को सरकारी तथ्यांक अनुसार कडा खालको लागुऔषधको प्रयोग गर्ने महिलाहरु २०० जना रहेका छन् । जुन १५ प्रतिशतले बढिरहेको अनुमान छ ।

 
सहारा हाउसका अभिराज क्षेत्री महिलाका लागि महिलाले नेतृत्व गर्ने सक्षम नेतृत्व आउन सकेमा महिलाका लागि छुटै पुनस्थापना केन्द्र सञ्चालन गर्न सजिलो हुने धारणा राख्छन् । आर्थिकरुपमा सम्पन्न ठूला घरका छोरीहरु समेत दुव्र्यसनीमा फसेका छन् । ७ कक्षादेखि १२ कक्षामा अध्ययन गर्ने युवतीहरु यस्तो दुव्र्यसनीमा फस्ने गरेको नवकिरण सस्था संयोजक उत्तम खरेल बताए । उनीहरु कलेजकै पोशाकमा साथीहरुस“ग टाढा–टाढा गएर लागुपदार्थ सेवन गर्छन् ।

नेपालमै काठमाडौ र पोखरामा युवतीको लागि भनेर पुनस्र्थापना केन्द्र संचालन गरेतापनि नेपालगन्जमा युवतीहरुका लागि पुनस्र्थापना केन्द्र छैन् । निजी क्षेत्रबाट केही संस्थाहरुले युवाहरुका लागि पुनस्र्थापना केन्द्र संचालन गरेका छन् । खरेलका अनुसार, घरायसी चिन्ता, साथीभाईको संगत र कम उमेरमा बिवाह गरेर छुट्टिएका महिलाहरु दुव्र्यसनीमा फसेका छन् । ‘परामर्शका लागि बोलाए भने महिला पुनस्र्थापना केन्द्रमा जान सल्लाह दिन्छौं,’ उनले भने, ‘युवतीहरु खुलेर आउन नसक्दा केही बर्षमा उनीहरुको संख्या बढ्ने देखिन्छ, यसका लागि अभिभावक र सरोकारवाला सचेत रहनुपर्छ ।’

 
सीमावर्ती भारतीय बजार रुपैडिहामा सहजै पाइने लागु औषधमा युवकसँगै युवतीको पनि उत्तिकै पहुँच बढेकाले । बाँकेमा युवक मात्रै होइन, युवतीहरुसमेत लागु औषधका प्रयोगकर्ताको रुपमा रहेको देखाएको छ ।
साथीहरुको लहलहैमा लागेर लागुऔषधको कुलतमा पसेका प्रायः युवतीहरु यौन ब्यबसाय गरिरहेको प्रहरीको अनुसन्धानले देखाएको छ । नेपालगन्ज तथा बाहिरी जिल्लाबाट नेपालगन्जमा पढ्न या अरु कुनै काम विशेषले बसेका युवतीहरु पनि कुलतमा फसेको देखिएको छ । अभिभावकले पढ्न पठाएका युवतीहरु सहरमा आएपछि साथीकोसंगतमा कुलतमा फसेका हुन् ।

 
जिल्ला प्रहरी कार्यालय, बाँकेका मुद्दाफाँटका इन्चार्ज रणबहादुर विष्टका अनुसार, आर्थिक वर्ष २०७४÷७५ मा ११ जना युवती लागुऔषधमा पक्राउ परेका छन् । प्रहरी निरीक्षक विष्टले पुरुषसाथीको संगतमा लागेर किशोरी र युवती पनि कुलतमा फसेको बताए ।

 
नेपालगन्ज आफैमा पनि यसका प्रयोगकर्ता र कारोबारी वर्षेनी बढिरहेका छन् । आर्थिक वर्ष २०७४÷७५ मा दुई सय ४३ जना पक्राउ परे । एक सय ४७ वटा मुद्दा दर्ता भयो । ३ सय ७५ ग्राम २ सय ६२ मिलिग्राम ब्राउनसुगर, ८६ किलो दुई सय ५० ग्राम चरेश, ७ किलो तीन सय ग्राम अफिम, सय ग्राम गाजा, दुई हजार ६ सय ५० मिलिलिटर कोरेक्स, तीन हजार नौ सय २६ वटा नाइट्रोजेपामरनाइट्रोभेट, स्पाम ६९ ट्याब्लेट बरामद भयो । यद्यपि, बाँके जिल्ला र नेपालगन्ज सहरमा लागुऔषध प्रयोगकर्ता र कारोबारी कति छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन ।

 

 

लागुऔषधविरुद्ध लागेका साहरा हाउसका अभिराज क्षेत्री बाँकेमा आठ हजार बढी प्रयोगकर्ता भएको बताउँछन् ।
नेपालगन्जलाई किन लागुऔषधको केन्द्र मानिन्छ । बाँके प्रहरीको मुद्दाफाँटमा रहेर अनुसन्धान गरिरहेका विष्ट भन्छन्, ‘खुल्ला सीमानाका कारण कारोबार बढिरहेको छ । भारतमा सहजै पाइने लागुऔषध कुनै न कुनै नाकाबाट नेपालगञ्जसम्म भित्रयाउने गरिन्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया