वरिष्ठ स्रष्टा स्व. प्रेम प्रकाश मल्ल ‘मधुकर’ को ८३ औं जन्मजयन्ती शनिवार विभिन्न कार्यक्रम गरि नेपालगन्जमा मनाइएको छ । जयन्तीको अवसरमा प्रेम प्रकाश मल्ल ’मधुकर’ स्मृति साहित्य पुरस्कार, सम्मान तथा बहुभाषिक कवि गोष्ठी गरिएको हो ।
भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जले कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति साहित्य पुरस्कार’ नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जिवेन्द्र देव गिरीलाई प्रदान गरिएको छ । डा. गिरीलाई २५ हजार १११ रुपैया“ नगद सहित सम्मान पत्र प्रदान गरिएको हो । तीन वर्ष अघि मल्लको निधन लगत्तै संरक्षक छोरी विणाश्री मल्ल र ज्वाईं बखत बहादुर मल्लले स्थापना गरेको उक्त पुरस्कार प्राप्त गर्ने प्रा.डा. गिरी तेस्रो व्यक्तित्व हुन् । यस अघि प्रा.डा. गोपाल शर्मा अधिकारी र पूर्णलाल चुकेलाई संयुक्त रुपमा प्रदान गरिएको उक्त पुरस्कार गत वर्ष अब्दुल लतिफ शौखलाई प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष हरि प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रा. डा. गिरीलाई पुरस्कार कोष संस्थापक वाणीश्री मल्ल र अध्यक्ष तिमिल्सेनाले पुरस्कार राशी, कदर पत्र र दोसल्ला ओडाई सम्मान गरेका थिए । पुरस्कार ग्रहण गर्दै प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. डा. गिरीले बा“के जिल्ला साहित्य, संस्कृति, लोक साहित्यको अपार सम्भावना भएको धारणा राखे । उनले नेपाली साहित्यको विकासका लागि प्रज्ञाले गरेको गतिविधिको चर्चा पनि गरका थिए ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख गणेश रेग्मी, प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार कोषका संस्थापक वाणीश्री मल्ल लगायतले स्व. मल्लको साहित्यिक जीवनका बारेमा धारणा राखेका थिए ।
सर्वदा संगम साहित्यका अध्यक्ष खगेन्द्र गिरि कोपिलाले गायक, रचनाकार संगीतकार स्व. प्रेम प्रकाश मल्ल ‘मधुकर’ को जीवनीको बारेमा प्रकाश पार्दै उनका प्रकाशित कृति बारे बोलेका थिए ।